कोलम्बियामा बाढी, १६ जनाको मृत्यु

बोगोटा (कोलम्बिया), ७ वैशाख । कोलम्बियाको मध्य क्षेत्रमा आएको बाढी पहिरोमा परी कम्तीमा १६ जनाको मृत्यु भएको अधिकारीले बताएका छन् ।

बाढी पहिरोकै कारण सयाँैं जनाको मृत्यु भएको केहीदिनपछि पुनःअर्को बाढी पहिरोको घटना भएको सरकारी उद्धारकर्ताको भनाइ रहेको छ ।

मनिजल्स सहरमा भिषण वर्षापछि आएको यस बाढी पहिरोका कारण अरु कम्तीमा सात जना हराइरहेका जनाइएको छ ।

यसअघि मोकोअ सहरको पहाडी इलाकामा पर्ने तीन वटा नदीमा गत महिनाको ३१ तारिखमा आएको भीषण बाढीमा परी कम्तीमा ३२३ जनाको मृत्यु भएको थियो । त्यस घटनामा मारिएका व्यक्ति एक सय जना बालबालिका रहेका थिए ।

मनिजल्सका मेयर जोसे अक्टाभिओ कार्डोनाले स्थानीय एक रेडियोलाई दिएको अन्र्तावार्तामा ढुङ्गा माटोसहितको बाढी पहिरो गएको बताउनुभयो ।

भीषण वर्षाभएपछि स्थानीय बासिन्दालाई सतर्क रहन आह्वान गरिएको उहाँले जानकारी दिनुभयो ।

राष्ट्रपति जोन म्यानुअल सान्तोषले आफ्ना अन्य कार्यक्रम रद्द गरेर घटनास्थलको निरिक्षण गर्ने योजना बनाउनु भएको छ । घटनास्थल मोकोअ जस्तै पुग्नका लागि निकै अप्ठ¥यारो र दुर्गम क्षेत्रमा पर्दछ ।

“यो जलवायु परिवर्तनको प्रभाव हो,” उहाँले समाचारदातालाई भन्नुभयो, “म यस बारेमा सतर्क रहन सबैलाई आह्वान गर्दछु, वातावरणीय समस्याका बारेमा बेवास्ता गर्नुहँुदैछ ।”

उहाँले ट्विटरमा लेख्दै घटनास्थलमा तत्काल उद्धार तथा सहयोगका लागि सक्रिय हुन सरकारका सम्वन्धित निकायलाई निर्देशन दिनुभएको छ ।

बाढी पहिरो गएको मनिजल्स क्षेत्रको जनसङ्ख्या झन्डै चार लाख रहेको छ । घटनास्थलमा अहिले पानी, विजुली, सञ्चारलगायतका सेवाहरु अवरुद्ध भएका छन् । रासस÷एएफपी



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।