अफगानिस्तानमा भएको पछिल्लो सुरक्षा कारबाहीमा ४७ आतङ्ककारी मारिए

काबुल, ७ बैशाख । अफगानिस्तानमा भएको पछिल्लो सुरक्षा कारबाहीमा परी ४७ जना तालिवान लडाकूहरु मारिएका अफगान रक्षा मन्त्रालयले बिहीबार जानकारी दिएको छ ।

“अफगान राष्ट्रिय सुरक्षा बल (एएनएसएफ) ले देशका केही क्षेत्रमा गरेको सुरक्षा कारबाहीका क्रममा शान्ति र स्थिरताका शत्रुका रुपमा रहेका आतङ्ककारीहरु मारिएका छन्,” रक्षा मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

गत २४ घण्टाको अवधिमा भएको यस कारबाहीका क्रममा अन्य ११ जना घाइते र एक पक्राउ परेको पनि दैनिक सुरक्षा कारबाहीको ताजा विवरण सार्वजनिक गर्ने शिलशिलामा रक्षा मन्त्रालयले जनाएको छ ।

देशभरका ३४ प्रदेशहरु मध्ये १३ प्रदेशमा जारी यस कारबाहीको क्रममा ती आतङ्ककारी मारिनु साथै विभिन्न ठाउँमा विस्फोटनका लागि राखिएका ३१ ओटा बम तथा विस्फोटक पदार्थहरु सुरक्षाकर्मीहरुले नियन्त्रणमा लिएका छन् ।

तालिवानीहरुको नेतृत्वमा अफगानिस्तानमा निरन्तर हिंसात्मक क्रियाकलापहरु भईरहेका छन् । रासस÷सिन्ह्वा



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।