१० लाख लागतमा पाख्रीबासको शिवालय मन्दिर जिर्णोद्धार कार्य गरिँदै
धनकुटा खबर, वैशाख ८ । धनकुटाको पाख्रीबास बजार स्थितको धार्मिक स्थल शिवालय मन्दिरको जिर्णोद्धार कार्य अन्तर्गत अहिले मन्दिरको पूर्व पट्टीको पर्खाल लगाउने काम सकिएको छ ।

मन्दिर पूर्न मर्मत गर्ने कामको जिम्मा लिएको यती युथ क्लवका संयोजक रेगन गुरङ्गका अनुसार मन्दिरको पूर्व तर्फको पर्खाल लगाउने कार्य पूरा भई मुख्य मन्दिरको भित्ताको वाहिरी भाग उक्काउने काम अन्तिम चरणमा पुगेको छ । यो काम अव आईतवार सकिने उहाँले वताउनुभयो ।
२०७२ सालको भूकम्पले मन्दिर चर्काएपछि वस्ति विकास अन्तर्गतको साढे ६ लाख, जिल्ला विकास समिति धनकुटावाट प्राप्त साढे तीन लाख रकम मार्फत मन्दिर पूर्नमर्मत गरिदै गरिएको हो ।
वजार क्षेत्रकै पहिलो धार्मिक स्थलको रुपमा वर्षौ अघि स्थापीत यो मन्दिरको भित्ताको पुरानो भाग उक्याएर नयाँ सिमेन्ट प्लास्टर गर्ने मन्दिर विकास समितिले जनाएको छ ।



