धनकुटामा २ निर्वाचन कार्यालय स्थापना गरियो

धनकुटा खबर, बैशाख ९ । धनकुटामा आज महालक्ष्मि नगरपालिका र छ थर गाउँपालिकामा निर्वाचनको कार्यालय स्थापना गरिएको छ ।

उक्त कार्यालयहरुको धनकुटा जिल्ला अदालतका मख्य न्यायधिश किशोर घिमिरेले महालक्ष्मिको जितपुर बजार र छथरको जोरपाटीमा छुट्टा–छुट्टै उत्घाटन गर्नुभएको छ ।

तस्वीर: छथर कार्यालय उत्घाटनका क्रममा बोर्ड पढेर उत्घाटन गर्दै मख्य न्यायधिश किशोर घिमिरे

उत्घाटन समारोहमा प्रमुख जिल्ला अधिकारी प्रेम प्रकाश उप्रेती लगाएत बिभिन्न दलका प्रतिनीधिहरुले शुभकामना दिनुभएको थियो ।

निर्वाचन कार्यालयले महालक्ष्मिमा डाक्टर केशव घिमिरे र छ थरमा शेखर कार्कीलाई निर्वाचन अधिकृतको जिम्ममा दिएको छ ।

कार्यक्रममा महालक्ष्मिमा १५ हजार ७ सय ८३ र छथरमा १० हजार ७ सय ३६ मतदाताहरु रहेका निर्वाचन कार्यालय धनकुटाका प्रमुख प्रदिप शाहले जानकारी दिनुभयो ।

यस अघि धनकुटा नगरपालिका सहित धनकुटाको सामुदायिक भवनमा मुख्य निर्वाचनको कार्यालय राखेको निर्वाचन कार्यालय धनकुटाले १० गते भित्र धनकुटाका ७ वटै तहको कार्यालय स्थापना गरिसक्ने जानकारी दिएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।