खुवाफोकमा नेपाली कांग्रेसको चुनावी सभा
धनकुटा खबर, आसन्न स्थानीय तह निर्वाचनको चुनावी प्रचारप्रसार अभियान अन्तर्गत नेपाली कांग्रेस धनकुटाले साँगुरीगढी गाउँ पालिका वडा नं. ३ खुवाफोकमा शनिवार चुनावी सभाको आयोजना गरेको छ ।
सो सभामा नेपाली कांग्रेस धनकुटाका पूर्व सभापति तथा सांसद मनोहरनारायण श्रेष्ठले विकास, समृद्धि र शान्तिको जग स्थानीय तहमा वसाल्नको लागि नेपाली कांग्रेसलाई जिताउन आग्रह गर्नु भयो ।
उक्त सभामा नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति हरिकुमार राई, जिल्ला सचिव विजयसन्तोषी राई, जिल्ला सदस्य मोहन वान्तवा, क्षेत्रीय सभापति जितेन्द्र रुम्दाली राई, तरुण दल धनकुटाका उपाध्यक्ष धिरज स्याङ्वो, नेपाल शिक्षक संघ धनकुटाका अर्थसचिव रोहिणी पाण्डे लगायतले स्थानीय सरकार निर्माण गरी तल्ला तहसम्म अधिकार प्रदा गर्न रुख चिन्हमा चोट दिन आग्रह गर्नु भयो ।


