अपडेटः पाख्रीबास र छिन्ताङ्गमा निर्वाचन कार्यालय स्थापना गरियो

धनकुटा खबर, बैशाख १० । जिल्ला निर्वाचन कार्यलय धनकुटाले आज जिल्लाको पाख्रीवास नगरपालिका र खाल्सा छिन्ताङ्ग शहिद भूमि गाउपालिकामा निर्वाचन कार्यलय स्थापना गरेको छ ।

यी दुई स्थान मध्ये पाख्रीवास नगरपालिकामा निर्वाचन अधिकृतको जिम्मा मनोज आचार्यलाई दिईएको छ भने खाल्सा छिन्ताङ्ग शहिद भूमि गाउँपालिकाको अधिकृतको जिम्मा रमेश राज गौतमलाई दिईएका जिल्ला निर्वाचन कार्यलय धनकुटाका प्रमुख प्रदिप कुमार शाहले जानकारी दिनुभयो ।

स्थानीय तह निर्वाचनको तयारी स्रुप वैशाख तीन गते धनकुटा सदरमुकामा, वैशाख ९ गते हिजो महालक्ष्मी नगरपालिका र छ थर जोरपार्टी गाउपालीकामा कार्यलय स्थापना गरिसकेका जिल्ला जिर्वाचन कार्यलयले आज ती दुई स्थानमा कार्यलय स्थापना गरी उद्घाटन गरेको हो ।

कार्यलयले भोलि चौविसे र सागुरीगढी गाउँपालिकामा निर्वाचन कार्यलय उद्घाटन गरे पछि कार्यलय स्थापनाको काम सकिने जिल्ला निर्वाचन कार्यलयले जनाएको छ । स्थानीय तहको निर्वाचनका लागि यी कामहरु गरिरहदाँ अहिले सम्म जिल्लामा निर्वाचनका तयारी करिव ९० प्रतिशत सकिएको शाहले वताउनुभयो ।

निर्वाचनमा कसैको मत खेर नजाओस भन्ने लक्षका साथ कार्यलयले जिल्लाको सवै नगरपालिका र गाउपालिकामा १ सय ३० स्यम्सेवकलाई मतदाता शिक्षा कार्यक्रममा खटाएको छ । धनकुटा जिल्लाको तीन नगरपालिका र चार गाउँपालिकामा ४८ हजार ७ सय ८० जना महिला र ४६ हजार ५ सय ८७ जना पुरुष मतदाता रहेको कार्यलयले जनाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।