धनकुटाको सिंधुवालाई तरकारी जोन बनाईने

धनकुटा खबर, बैशाख १० । धनकुटाको परेवादिन गाबिसको सिंधुवा क्षेत्रलाई तरकारी जोन इकाईका रुपमा संचालनमा ल्याईने भएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गत् तरकारीको राजधानीको रुपमा परिचित उक्त क्षेत्रमा परियोजना सन्चालनमा आउन लागेको हो ।

चालु आर्थिक बर्ष देखि सिंधुवामा कार्यालय स्थापना गरेर परेवादिन सहित मूर्तिढुङ्गा र तांखुवा गाविसमा काम गर्ने परियोजनाका इकाई प्रमुख हर्षहाङ राईले जानकारी दिए ।

उक्त परियोजना अन्तर्गत् सो क्षेत्रको तरकारी उत्पादन, पोष्ट हार्वेष्टिङ्ग, कस्टम हायरिङ्ग सेन्टर, कोल्डस्टोर लगायतका पूर्वाधार विकास गरि कृषि उत्पादन र निकासीमा सहयोग पुग्ने उनले बताए ।

१० बर्षे परियोजना अन्तर्गत सन्चालन आउने सो जोनमा यस आर्थिक बर्षमा ८८ लाख रुपैयाँ खर्च गरीने छ ।

कार्यबिधि तयार हुने बित्तिकै इकाईले एकजना उप–सचिव सहित ६ जना कर्मचारीहरुले कामसुरु गर्ने बताइएको छ ।

तस्वीर: सिंधुवा नजिक ताँखुवाको जोरपाटीमा हरियो मटरकोसा टिप्दै किसानहरु र धनकुटाको परेवादीन गाबिसको सिंधुवा बजार गाउँका किसानले उत्पादन गरेको बन्दा ट्याक्टरमा ल्याएर ट्रकमा लगाउँदै मजदुर ब्यपारीहरु



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।