एकसय ५४ मिसाइलसहितको अमेरिकी युद्धपोत दक्षिण कोरियामा !

सोल, वैशाख १२ । उत्तर कोरियाको मिसाइल परीक्षण विवादास्पद बनिरहेकै बेला अमेरिकाले एक युद्धपोत दक्षिण कोरिया पठाएको छ ।
उक्त युद्धपोतमा ६० जना विशेष अपरेशन सेना र १ सय ५४ वटा क्रुज मिसाइल रहेको बताइएको छ । दक्षिण कोरियाले आफ्नो ८५ औं बर्षगाँठ मनाइरहेकै बेला अमेरिकाले युद्धपोत कोरियाली प्रायद्वीपमा तैनाथ गर्न पठाएको हो ।
उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियालगायत विश्वका थुप्रै राष्ट्रको विरोध हुँदाहुँदै पनि बारम्बार मिसाइल परीक्षण गर्दै आएको छ । (एजेन्सी)


