धनकुटा नगर क्षेत्रका सडकहरु सुधार गरिंदै

तस्वीर: धनकुटाको हिले–भीरगाउँ खण्डामा बाटो बनाउँदै मजदुरहरु
धनकुटा खबर, बैशाख १२। धनकुटा नगरपालिकाले नगर क्षेधका साँघुरो सडकहरुको स्तरोन्नती गरेर फराकिलो पार्ने काम शुरु गरेको छ ।
नगर भित्रका धनकुटा बजार क्षेत्र,हिले,भिरगाँउ लगाएतका दर्जनौ स्थानका १८ किलो मिटर बाटोको स्तर उन्नति गर्न लागिएको हो ।
हाल धनकुटा नगरपालिका क्षेत्रमा रहेका करिब दुई सय किलो मिटर सडक मध्ये प्राथमिकिकरणको आधारमा स्तारोन्नती गर्न लागिएको नगरपालिकाका ईन्जीनियर मिङ्मा शेर्पाले जानकारी दिनुभयो ।
चालु आर्थिक बर्षमा कुल ३ करोड ५१ लाख रुपैया खर्च गरेर नगरका मुख्य सडकहरु ६ मिटरको बनाईने नगरपालिकाका कार्यकारी प्रमुख तिर्थ प्रसाद धितालले जानकारी दिनुभयो ।


