चार महिना भित्रमा चीनमा ३३ करोड नयाँ जागिर थपिए, वेरोजगारी घट्यो

बेइजिङ, १२ वैशाख । चीनमा यस वर्षको पहिलो चार महिना भित्रमा ३३ करोड नयाँ रोजगारी सृजना भएको छ । यस कारण बेरोजगारी सङ्ख्यामा कमि आएको छ ।

सरकारी अधिकारीले मङ्गलबार सार्वजनिक गरेको प्रतिवेदनमा चार महिनामा ३.९७ प्रतिशत बेरोजगारी घटेको उल्लेख गरिएको छ ।

गत वर्षको सोही अवधिको तुलनामा यस वर्ष एक लाख ६० हजारभन्दा बढी नयाँ जागिर थपिएको सरकारी अधिकारीले जानकारी दिएका छन् ।

“चीनको रोजगारी बजारमा यस वर्षको सुरुमै बलियो अवस्था देखिएको छ, यसले पहिलो चार महिनालाइस्थिर बनाएको छ,” मानव संशाधन तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता लु अइहोङले पत्रकार सम्मेलनमा भन्नुभयो ।

रोजगारीको सङ्ख्या बढ्नु चीनको आर्थिक क्षेत्रका लागि निकै राम्रो सङ्केत भएको अर्थविद्हरुले बताएका छन् ।

गत जनवरीदेखि मार्चसम्म ७.८ प्रतिशतले जागिरको विज्ञापन खुलेको र २.१ प्रतिशतको दरले निवेदक बढेको मन्त्रालयको तथ्याङ्क छ । रासस÷सिन्ह्वा



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।