संखुवासभाबाट धनकुटा आउँदै गरेको यात्रुबाहक ल्याण्डरोभर दुर्घटना, २० घाईते, ८ जनाको अबस्था गम्भिर
धनकुटा खबर/धनकुटा,१२ बैशाख ।आज दिउँसो संखुवासभाबाट धनकुटा आउँदै गरेको यात्रुबाहक ल्याण्डरोभर संखुवासभाको केवाखोला छेउमा दुर्घटना हुंदा जिपमा सवार २० जना घाईते भएका छन् ।
घाईतेहरु मध्ये गम्भिर ८ जनाको धनकुटाका सभासद् सुनिल बहादुर थापाले घटना स्थलबाट उदार गरी धनकुटा अस्पतालमा उपचारका लागि ल्याउन सहयोग गर्नुभएको उहाँले जानकारी दिनुभयो ।




तस्वीर सौजन्य – सिद्दार्थ थापा


