धनकुटाका राजनीतिक दलहरुले स्थानीय तहका मुद्दा उठाउन सकेनन्
धनकुटा खबर, बैशाख १३ । स्थानीय तहको निर्वाचनमा धनकुटाका राजनीतिक दलहरुले स्थानीय तहका मुद्दा उठाउन सकेका छैनन् ।
राष्ट्रियस्तरमा चर्चामा रहेको धनकुटालाई प्रदेसिक राजधानी बनाउने आर्थिक समृद्धि, स्वभिमान र घरदैलो सेवा पुर्याउने मुद्दा मात्रै चुनावी कार्यक्रममा उठाएका छन् ।
राजनीतिक दलहरु बीच चुनावका लागि रस्साकस्सी गरिरहेको बेला नेपाली कांग्रेसले काँग्रेसको नेतृत्वमा संविधान, विकास र समृद्धि भन्ने नारालाई उठाएको नेपाली कांग्रेस धनकुटाका सचिव विजयसन्तोषी राईले बताउनु भयो ।
त्यसैगरी एमालले तात्कालिन एमाले सरहारमा रहंदा ‘आफ्नो गाउँ आफै बनाउ’ कार्यक्रम, सामाजिक सूरक्षा भत्ता र पहिलेका जनप्रतिनिधिले गरेको एमाले धनकुटाका अध्यक्ष राजेन्द्र राईले बताउनुभयो ।
त्यस्तै नेकपा माओबादी केन्द्रले जनयुद्धको बलमा आएको राजनीतिक अधिकारलाई संस्थागत गरी उपयोग गर्ने, सिंहदरबारको अधिकार गाउँगाउँमा ल्याउन नेतृत्व गरेको र यी परिवर्तनलाई नेतृत्व गर्ने विषयलाइृ चुनावी मुद्दा बनाएका धनकुटाका ईन्चार्ज हेमराज भण्डारीले बताउनु भयो ।
धनकुटाको स्थानीय तहको निर्वाचनमा धार्मीक पहिचानबादी मुद्दा उठाएका राप्रपा र जातीय पहिचानको मुद्दा उठाएको संघिय समाजबादी फोरम, संघिय लिम्बुवान राज्य परिषद लगायतका दलको चुनावी कार्यक्रम खासै चर्चामा देखिएको छैन ।
७ वटा तहमा ९५ हजार ८८७ जना मतदाता रहेका धनकुटामा सम्पूर्ण दलहरुले प्रतिनीधि ढुंगो नलगाईसकको कारण ले पनि स्थानिय बिकासका एजेण्डा छायाँमा परेको अनुमान छ ।


