फिलिपिन्समा शक्तिशाली भूकम्प

वैशाख, फिलिपिन्समा शक्तिशाली भूकम्प गएको छ । मिनडानाओ आइल्याण्डको तटीय क्षेत्र केन्द्र विन्दु भएर ६ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

शनिबार बिहान भएको भूकम्प फिलिपिन्सको भूकम्प मापक एजेन्सीले पहिले ७ दशमलव २ रेक्टर स्केलको रहेको बताएका थियो । तर पछि घटाएर ६ दशमलव ८ रेक्टर स्केलको रहेको जानकारी दिइएको हो । भूकम्पका कारण भएको मानवीय तथा भौकतिक क्षतिको अहिलेसम्म जानकारी आएको छैन । तर धेरै हल्लाएको स्थानीय बासिन्दाले बताएका छन् ।

भूकम्पका कारण ठूलो समुद्री छाल आउन सक्ने चेतावनी दिइको छ । समुद्री छाल भूकम्पको केन्द्र विन्दु भन्दा तीन सय किलोमिटर परसम्म पुग्न सक्ने प्यारिफिक सुनामी वार्निङ सेन्टरले बताएको छ । उसले तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह गरेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖