अपडेट: निर्वाचन विरोधी गतिविधी र जबरजस्ती चन्दा असुली आरोपमा विप्लप नेतृत्व माओवादीका ६ कार्यकर्ता पक्राउ

बिप्लव माओवादीका थप ४ कार्यकर्ता पक्राउ

अपडेट: धनकुटा खबर, बैशाख १८ । निर्वाचन विरोधी गतिविधी र जबरजस्ती चन्दा असुलीको आरोपमा नेत्रविक्रम चन्द समुह माओवादीका पक्राउ पर्ने कार्यकर्ताको संख्या ६ पुगेको छ ।

निर्वाचन बिरोधी गतिबिधी गरेको आरोपमा सोमबार पाख्रीबासबाट ४ जना र ब्यक्ति र सरकारी कार्यालयबाट चन्दा उठाउँदै हिड्ने क्रममा आईतबार धनकुटा बजारबाट २ जनालाई पक्राउ गरिएको हो ।

निर्वाचन गतिबिधी गरेको आरोपमा पार्टीका धनकुटा जिल्ला सचिवालय सदस्य विशाल राई लगायत चार जनालाई पाख्रिबास प्रहरीले नियन्त्रणमा लिएको नेकपामाओवादी चन्द समुहले दावी गरेको छ ।

त्यस्तै चन्दा उठाउने क्रममा धनकुटा बजारको एक होटलबाट पार्टीका रोशन राई र भिष्म बुढाथोकीलाई पक्राउ गरेको धनकुटाका प्रहरी उपरीक्षक सुदिप राजभण्डारीले जानकारी दिनुभयो ।

======
पूर्वप्रकाशित समाचार : धनकुटामा चन्दा उठाउँदै हिड्ने विप्लप नेतृत्व माओवादीका २ कार्यकर्ता पक्राउ ,

बैशाख १८ । नेत्रविक्रम चन्द विप्लपले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी माओवादीका दुईजना कार्यकर्तालाई धनकुटा प्रहरीले पक्राउ गरेको छ ।

ब्यक्ति र सरकारी कार्यालयबाट चन्दा रकम उठाउँदै हिड्ने क्रममा धनकुटा बजारको एक होटलमा पैसाको लागि बर्गेनिङ गरीरहेको बेला उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरु रोशन राई र भिष्म बुढाथोकी रहेका छन् । आईतबार पक्राउ परेका उनीहरुलाई प्रहरीले मद्दा दर्ता गर्ने तयारी गरेको धनकुटाका प्रहरी उपरीक्षक सुदिप राजभण्डारीले जानकारी दिनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।