अमेरिकाबाटै प्रेम बानियाले देशको राजनितीप्रति पोखे आक्रोश, भने- नेपाल सतीले सरापेकै देश रहेछ

काठमाडौं, १८ बैशाख । नेपालका टेलिभिजनहरुमा खरो प्रस्तोताको रुपमा चर्चीत पत्रकार प्रेम बानियाले लामो समयपछि सामाजिक सञ्जाल फेसबुकमा देशको राजनैतिक परिवेश र उतार चढाब प्रति आक्रोस पोखेका छन् ।

राष्टियताको बारेमा आफुलाई खरो रुपमा अगाडी ल्याएका बानिया अमेरिका प्रस्थान गरे पछि सामाजिक सञ्जालमा खासै अपडेट थिएनन् । हेर्नुहोस यस्तो छ लामो समयपछि फेसबुकमा बानियाले लेखेको स्टाटस;

*’सतीले सरापेको देश !’
*’देशको भलो चिताउनेको कहिल्यै जय नहोस्’
*देश बनाउने ? कि जोगाउने ??
*प्रधानमन्त्री पद दसौं वर्षका लागि ‘बुक’ भइसकेको देश !
*यिनलाई सिध्याउने ?? कि आफै बन्ने ??
*कहाँ छ आशाको सुनौलो किरण ?
*यदी देश मर्यो भने … !
*खोजी आत्मघाती परिवर्तकहरुको !!!
************************************************
सयौं सुशीला कार्कीहरुलाई यसैगरी डाम्नेछन् यिनीहरुले (जो वर्षौवर्षदेखि डामिएकै थिए) यस्ता कयौं नवराज सिलवालहरुलाई बलिको बोको बनाउँदै (कत्लेआम) गरेको राजनीति हो यो । मलाई थाहा छैन सतिले सरापेको हो या होइन तर राजनीतिलेचाही सखापै पारेको देश हो –मेरो देश ! राजनीति पनि यतिसम्मको घिनलाग्दो कि, स्वाभिमानको ‘किड्नी’ बेचेर टोपी लाउनुपर्ने यिनीहरुलाई ! कस्ले भन्नसक्छ पर्दाअघिल्तिरको यो खेल हाम्रै नेताहरुको मात्रै विवेकले रचना गरेको हो भनेर ?
यिनकै हातमा तालाचाबी दिईरहँदा अबको दसौं वर्षका लागि यो देश ‘बुक’ भइसकेको छ र को-को प्रधानमन्त्री हुनेछन् भनेर अहिलेदेखि नै भित्तामा फोटो झुन्ड्याए हुन्छ…भने सारा नेपालीहरु एक पटक देश जोगाउन तयार, त्यसपछि बनाउन तयार हुनुपर्नेछ ।
नागरिक समाज भन्ने नै नभएको देशमा अब को बोल्छ यो घोर अत्याचार र दमनविरुद्ध ? अब एक-एक मान्छे पवित्र उदेश्यसहितको आत्मघाती परिवर्तक भएर शहर छिर्ने बेला आएको छ ।
बीस वर्षदेखि न चुनाव हुन दिएको छ, न विकास । जनताको गतिलाई हिमनदी थुनेझैं थुनेर राख्नेहरु अझ पनि चुनाव हुन नदिने खेलमै छन् । व्यवस्था बदलेर के भो? अवस्था उस्तै छ !
संसार कहाँदेखि कहाँसम्म पुगिसक्यो, एउटा सानो देशलाई संसारकै बगैंचाजस्तो सजाउन सकिने सम्भावना मरेको छैन । संसारभर छरिएर रहेका र स्वदेशमै रहेका सारा नेपाली मिलेर अहिलेको जारी युग (राजनीति/नेता/प्रवृति/घिनलाग्दो गति) सबैलाई यही समाप्त पारिदिएर अघि बढ्ने हो भने मात्र परिवर्तन सम्भव छ नत्र खिया लागेका मान्छेहरु, ढुसी परेको मानसिकता र ‘कलरलेश’ इन्द्रेनीको माला लाएर केही काम छैन ।
कस्ले देखाउन सक्छ यहाँ आशाको सुनौलो किरण ? झन्पछि झन् कत्ति धम्मिलिएको देशको आकास ? के आकास पनि बिलय हुनसक्छ ? के देश मर्न सक्छ ? मलाई जिन्दगीभरी यस्तो नहोस् मात्रै लागिरहेको छ ।
र, म जलिरहेको छु देशत्वको आगो भएर !!! स्वाभिमान त किन्चित बिचलित छैन मेरो छातिभित्र । जय स्वाभिमान !!!!!



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।