भोल्टेज कम भै विद्युतीय मिल चल्न नसकेपछि धनकुटा मारेकटहरेका बासिन्दाहरु पानीघट्टाबाटै भरपुर फाईदा लिँदै (फोटो फिचर सहित)

धनकुटा खबर । न्यून भोल्टेजका कारण बिद्युतिय उपकरणहरु चल्न गाह्रो भईरहेको बेला धनकुटा मारेकटहरेका वासिन्दाहरुले भने खोलाको पानीद्वारा सन्चालित वाटर टर्वाइन (पानीघट्टा ) बाट मिल सञ्चालन गरेर भरपुर फाइदा लिइरहेका छन् ।

मारेकटहरे गाविस वडा नं. ९ स्थित दोभानमा सञ्चालित वाटर टर्वाइनबाट मारेककटहरे, लेगुवा, जीतपुर, चानुवा सँगै छिमेकी जिल्ला भोजपुरको जरोटार गाविसका वासिन्दाले सस्तोमा कुटानी पिसानी सेवा पाएका छन् ।

सो क्षेत्रमा विद्युत सेवा पुगेपनि न्यून भोल्टेजका कारण विद्युतीय मिल सञ्चालनमा छैन ।

तर वर्षौदेखि लेगुवा खोलाको पानीवाट वाटर टर्वाइन सञ्चालन गरि चामल, पिठो, चिउरा, तेल पिसिरहेको सञ्चालक तोर्ण पौडेलले बताए । वाटर टर्वाइनले खाद्यान्न पिस्न इन्धन र बिजुलीको भर पर्नु नपर्ने भएपछि उर्जा र स्थानीयको समय समेत बचत भएको उनले बताए ।

वाटर टर्वाइनमा चामल, चिउरा, पिठो पिस्न र तेल पेल्न अधिकतम प्रतिकिलो ६ रुपैयाँ शुल्कमा सेवा दिइरहेको उनको भनाई छ ।

उनका अनुसार वाटर टर्वाइन अन्य इन्धन र बिजुलीबाट चल्ने मिलमा भन्दा ८० प्रतिशत सस्तो पर्छ । सो क्षेत्रमा एक मात्र वाटर टर्वाइन हुँदा सधैजसो भीड लाग्ने गर्छ । शनिवार वढीमात्रामा भीड लाग्ने उनले बताए ।

वाटर टर्वाइनवाट महिनामा लागत खर्च कटाएर २० हजार रुपैयासम्म आम्दानी हुने उनको भनाई छ ।

चानुवा गाविस वडा नं. ४ वाट करिव डेढ घण्टा पैदल हिडेर धानबाट चिउरा पिस्न आएकी मनिता वुढाथोकीले वाटर टर्वाइनवाट पिसेको चिउरा स्वादिलो र मिठो उनले बताइन् ।

आफ्नै घरमा उत्पादन भएको धानवाट चिउरा उत्पादन गर्दा आयतित चिउरा किनिरहनु नपर्ने बताइन् । भिजाएको धानलाई वाटर टर्वाइनमा पिसेर बनाएको चिउरा लामो समयसम्म घरमा राख्दा नविग्रिने उनको भनाई छ ।

तस्वीर: पानीघट्टामा च्युरा कुट्न धान उसिन्दै, भुट्दै र च्युरा पेल्दै



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।