आइएसद्वारा सिरियाली शरणार्थी शिविरमा आक्रमण, बत्तीस जनाको मृत्यु

दश सैनिक मारिए

बेरुत (लेवनान), १९ वैशाख । सिरियाको इराकी सिमाक्षेत्र नजीकै रहेको शरणार्थी शिविरमा इश्लामिक स्टेट (आइएस) समूहले मङ्गलबार गरेको आक्रमणमा परी कम्तिमा ३२ जनाको मृत्यु भएको सिरियाली मानव अधिकारवादी संस्थाले बताएको छ ।

शिविरको भित्र र बाहिर गरी कम्तिमा पाँच आक्रमणकारी प्रवेश गरी आत्मघाती विस्पोट गराएको र इराक साथै सिरियाको हसाकेह प्रान्तमा विस्तापित जीवन विताउदै आएका सिरियाली नागरिक समेतको घटनामा मृत्यु भएको, सिरियाली अब्जरभेटरी फर ह्युमन राइट्सका प्रमुख रमी अब्देल रहमानले बताउनुभयो ।

आक्रमणपछि घटनास्थलमा आइएस लडाकू र ‘सिरियन डेमोक्रेटिक फोर्स’ का सुरक्षाकर्मीवीच ठूलो झडप भएको थियो ।

उक्त सुरक्षा बल अमेरिकी समर्थन प्राप्त कूर्दिस र अरबेली लडाकूको संयुक्त गठबन्धन सैन्य शक्ति हो । मृतकमध्ये केही कूर्दिस र अरबेली लडाकूसमेत रहेका रहमानले एएफ्पीलाई बताउनुभयो ।

आइएस लडाकूद्वारा दश सैनिक मारिए

पश्चिमी इराकको अनबार प्रदेशमा इस्लामिक स्टेट (आइएस)सँग आवद्ध जिहादि लडाकुहरुको आक्रमणमा परी मङ्गलबार कम्तीमा १० जना सैनिकहरुको मृत्यु भएको छ ।

आइएस समूहले सागर क्षेत्रमा रहेको सैनिक शिविरमा मोर्टर र रकेटको सहयोगमा आक्रमण गर्दा उनीहरुको मृत्यु भएको पुष्टी गरेको छ ।

स्थानीय समयअनुसार विहान ०७ बजेदेखि सुरु भएको सेना र विद्रोहीबीचको भिडन्त दुई घन्टासम्म चलेको थियो ।

अन्बार लामो समयसम्म इराकी विद्रोहीको कब्जामा रहेको क्षेत्र हो । पछिल्लो समय सरकारले अन्बारको धेरैजसो सहरी भागलाई नियन्त्रणमा लिएको छ । रासस÷एएफपी



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।