तीनजुरे मिडीयाले गर्यो बोर्न क्यान्सर पीडित सलोन चेम्जोङलाई २८ हजार २ सय सहयोग

धनकुटा खबर । तेह्रथुम २० बैशाख, तीनजुरे मिडीया ग्रुपद्धारा आर्थिक अभाबका कारण उपचारमा समस्या भएका बोर्न क्यान्सर पीडित मोरङको जाँतेका सलोन चेम्जोङलाई २८ हजार २ सय सहयोग प्रदान गरेको छ ।

सानै उमेरमा क्यान्सर भएका सलोनलाई आर्थिक अभाबका कारण उपचारमा समस्या भए सँगै बिभीन्न सञ्चार माध्यमहरुमा समाचार प्रकाशन तथा प्रसारण भए सँगै तिनजुरे मिडिया ग्रुपले रकम संकलन गरी सहयोग रकम प्रदान गरेको मिडिया ग्रुपका अध्यक्ष देब बास्कोटाले बताउनु भयो ।

मिडिया ग्रुप स्थापना सँगै सामाजिक कार्यमा सहयोग गर्दै आएको र अहिले सम्म तेह्रथुमको संग्रान्तीमा भएको आगालागीका कारण पिडित बनेका आगालागी पिडितहरुलाई ३८ हजार तेह्रथुमको साब्ला हलिमेलामा भएको खेलकुदमा २५ हजार र तेह्रथुम आठराईमा रहेको ससस्त्र प्रहरीको हावाहुरीका कारण प्रभाबित भएको भबन पुर्न निमार्णका लागी १० हजार सहयोग गरेको ग्रुपले जनाएको छ ।

ग्रुपले समाजिक कार्यहरुलाई अबश्था हेरेर प्राथमिकता साथ सहयोग गर्दै जाने अध्यक्ष बास्कोटाले बताउनु भयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।