काभ्रेपलाञ्चोकमा ४०१ दलित महिला उम्मेदवार

बनेपा, २१ वैशाख । छ नगरपालिका र सात गाउँपालिकासहित १३ वटा स्थानीय तहको लागि १३५ वडाका ४०१ दलित महिला सदस्यले उम्मेदवारी दिएका छन् । ती वडामा उम्मेदवारी दिएकामध्ये १३५ दलित महिला मात्रै निर्वाचित हुने छन् ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार धुलिखेल नगरपालिकामा २६, नमोबुद्ध नगरपालिकामा ३८, मण्डनदेउपुर नगरपालिकामा ३५, पनौती नगरपालिकामा ४०, पाँचखालमा नगरपालिकामा ४२ र बनेपामा नगरपालिाकामा ४२ सहित २२३ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

त्यस्तै महाभारत गाउँपालिकामा २१, तेमाल गाउँपालिकामा २५, रोशी गाउँपालिकामा ४१, भूम्लुगाँउपालिकमा ३१, बेथनाचोक गाउँपालिकमा १८, चौरीदेउरालीमा २७ र खानीखोलामा १५ सहित १७८ जना दलित महिला सदस्यले उम्मेदवार मनोनयन गरेका छन ।

यसबाहेक दलित तथा अल्पसङ्ख्यकबाट ६४ जनासमेत निर्वाचित हुने छन् । मनोनयनमा दलित तथा अल्पसङ्ख्यकको विषयमा फरकफरक व्यवस्थापन नभई अन्य भएकाले त्यसको विवरण आउन नसकेको निर्वाचन अधिकारी मधुकरप्रसाद पोखरेलले जानकारी दिनुभयो ।

प्रमुख राजनीतिक दल नेपाली काँग्रेस, नेकपा (एमाले), माओवादी केन्द्र, राप्रपा नेपाललगायतका विभिन्न दलले दलित महिला सदस्यका लागि उम्मेदवार उठाएका छन् । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।