गर्मी बढेसँगै ज्यान जोगाउन कतारमा सरकारी निकायले दिये यस्तो सुझाब (भिडियो सहित)

कतारमा विस्तारै तापक्रम बढ्दै गएको छ । मे महिना सुरु भएसँगै तापक्रम ४० डिग्रि पुगेको छ । यो अवस्थामा विशेष ध्यान दिन कतारको जलवायु विभागले विभिन्न सचेतना अपनाउन आग्रह गरेको छ ।

विभागले ट्वीटर लगायतका माध्यमको प्रयोग गर्दै गर्मिमा अपनाउनु पर्ने सचेतनाको जानकारी गराएको छ । विभागले गर्मीको समयमा प्रसस्त मात्रामा झोल कुरा खानु पर्ने भन्दै हल्का खालको कपडा लगाउन सचेत गराएको छ । गर्मीको समयमा कतार लगायतका खाडीका मुलुकमा सूर्यको प्रकाश सोस्ने खालको कपडा लगाउनु हुन्न ।

सिधै घाममा पर्नबाट जोगिन समेत विभागले आग्रह गरेको छ । तर प्रचण्ड गर्मीमा पनि काम गर्न बाध्य आप्रवासी कामदारलाई भनें यसले खासै अर्थ राख्दैन । घर बाहिरको काम गर्नेहरुका लागि निश्चित समयावधिमा आराम गर्न पनि विभागले सुझाव दिएको छ । त्यस्ता कामदारहरुले निश्चित समय अन्तरालमा छायाँमा बस्नुपर्ने हुन्छ ।

गर्मी चर्किएसँगै कतारमा दिउँसोको समयमा काममा लगाउन बन्देज लाग्ने गरेको छ । दोहा न्यूजका अनुसार जुन १५ देखि अगष्ट १५ सम्म दिउँसोको समयमा बाहिरको काममा लगाउन पाइन्न । कतारको स्थानीय कानून अनुसार विहान ५ घण्टा भन्दा बढी समय कामदारलाई काममा लगाउन पाइन्न । सो समयमा अपरान्ह ११ः३० देखि दिउँसो ३ बजेसम्म काममा लगाउन बन्देज लगाइएको छ । जुन कम्पनीले यो नियमको पालना गर्दैनन् तिनिहरुलाई बन्द गरिदिने सम्मको अधिकार सरकारी निकायलार्ई रहेको समाचारमा जनाइएको छ ।

हेर्नुहोस् जानकारीमूलक भिडियो

https://youtu.be/GG1EyKb1SGY



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।