यस्तो रहेछ निधिले राजीनामा फिर्ता लिनुको कारण…

काठमाण्डौ, वैशाख २१ । उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले मधेस मुद्दाको सम्बोधन, संविधान संशोधन, स्थानीय निर्वाचन र देश र जनताको आवश्यकताको जिम्मेवारीलाई ध्यानमा राख्दै मन्त्री पदबाट दिएको राजीनामा फिर्ता लिएको बताएका छन् ।

जनकपुर विमानस्थलमा बिहीबार पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै उनले प्रधानन्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव दर्ता र प्रहरी महानिरीक्षकको सन्दर्भमा आफ्नो असहमति भएर राजीनामा दिएपछि नेपाली कांग्रेसका सभापति र प्रधानमन्त्रीको आग्रह र राष्ट्रिय समस्याको संवेदनशीलतालाई दृष्टिगत गर्दै आफूले राजीनामा फिर्ता लिएको स्पष्ट गरे ।

आफूले मन्त्री पदबाट राजीनामा दिएपछि मधेसी मोर्चाका नेताले राजीनामाकाबारेमा पुनर्विचारको सुझाव दिएको उनले बताए । एक प्रश्नको जवाफमा उपप्रधानमन्त्रीले महाअभियोग प्रस्ताव फिर्ताकाबारेमा छलफल हुनसक्ने धारणा पनि राखे । उनले संविधान संशोधन प्रस्तावको टुंगो छिट्टै लाग्ने विश्वाससमेत व्यक्त गरे ।

गृहमन्त्री निधिले प्रधानमन्त्रीसमक्ष यही वैशाख १७ गते राजीनामा दिएका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖