उपप्रधान तथा गृहमन्त्री निधी आगमनको खुसीयाली मनाउदै मोटरसाईकल र्‍याली

जनकपुर । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले स्थानीय तहको निर्वाचनमालाई ध्यानमा राखेर आफूले राजीनामा फिर्ता लिएको बताएका छन् । गत आइतबार उपप्रधानमन्त्री निधिले पदबाट राजीनामा दिएका थिए ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री निधिले गत बर्ष जारी भएको संविधान कार्यान्वयनकालागि पनि निर्वाचन आवश्यक रहेको र त्यसकालागि आफूलाई कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री पुष्पकमल दाहालको आग्रहमा मन्त्रालय सम्हाल्न राजी भएको बताए ।

आफूले राजीनामा दिएपछि मधेशवादी दलका नेताहरुले ऐकेबद्धता जनाएको जानकारी दिँदै अहिले मुलुकको राजनीतिक स्थायीत्वकालागि आफू सँधै लागि पर्ने प्रतिबद्धता जनाए । संसदमा पेश भएको संविधान संशोधन पारति भएपछि राजनीतिक स्थीरता कायम हुने पनि मन्त्री निधिको विश्वास छ ।

मन्त्री निधि जानकी नवमी पर्वको अवसरमा जनकपुरमा आयोजित कार्यक्रममा सहभागि हुन जनकपुर पुगेका हुन्। उनलाई स्वागत गर्न सयौं संख्यामा मोटरसाईकल -याली सहित विराटनगर विमानस्थल पुगेका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।