धनकुटाका कृषकलाई १४ लाख १९ हजार मुल्य बराबरको उपकरण तथा कृषि सामाग्री बितरण

धनकुटा खबर, बैशाख २१ । कृषि सम्बन्धि सूचना आदानप्रदान गरी कृषि क्षेत्रका समस्था सभाधान गर्न कृषि मन्त्रालयले धनकुटाका ४३ अगुवा किसानहरुलाई सूचना सामाग्री बितरण गरेको छ ।

मन्त्रालयले बिहिबार एक सामाग्री-उपकरण बितरण समारोहको आयोजना गरी १४ लाख १९ हजार मुल्य बराबरको ४३ थान एनड्रोईड मोवाईल र ४३ थान बर्षात्को पानी नाप्ने रेनगेज उपकरण बितरण गरेको हो ।

उनीहरुलाई १८ हजार मुल्य बराबरको सामुसुम जे फाईभ मोवाईल÷सिम र १५ हजार ७ लाख ७४ हजार र ६ लाख ४५ हजार बरावरको रेनगेज उपकरण निःशुल्क प्रदान गरिएको हो ।

जिल्ला कृषि बिकास कार्यालयले सिफारिस गरेका २६ र पशु कार्यालय धनकुटाले सिफारिस गरेका १७ अगवा कृषकहरुलाई उक्त सामाग्री हस्तान्तरण गरिएको मन्त्रालयका कृषि अधिकृत हरिप्रसाद रेग्मीले जानकारी दिए ।

उक्त मोवाईल र सिम मार्फत् मन्त्रालयले सन्चालन गरेको ‘मेरो कृषि’ नामक एप मार्फत् कृषि सम्बन्धि सूचनाहरु उपलब्ध गराउने रेग्मीले जानकारी दिनुभयो ।

कृषि सम्बन्धि सूचना हेर्न सरकारले किसानहरुलाई मासिक रुपमा १५ एमबी ईन्टरनेट डाटा निःशुल्क उपलब्ध गराउने र फोन मार्फत् किसानहरुले आफूहरुलाई परेको समस्या समधानका लागि सिधै मन्त्रालयमा राख्न सक्ने रेग्मीले जानकारी दिनुभयो ।

साथै पानी मापन यन्त्रको सहयोगले मौसमको बारेमा जानकारी लिएर मौसम अनुकुल काम गर्न किसानहरुलाई सहगोग पुग्ने कार्यक्रममा जानकारी दिईएको छ ।

उक्त सामाग्रीहरु प्रमुख जिल्ला अधिकारी प्रमप्रकाश उप्रती,स्थानिय बिकास अधिकारी प्रर्व प्रसाद साप्कोटा,धनकुटा नगरपालिकाकाका कार्यकारी अधिकृत तिर्थ प्रसाद धिताल,जिल्ला कृषि बिकास कार्यालयका प्रमुख भरत प्रसाद बिडारी, पशु सेवा कार्यालयका बरिष्ठ पशु चिकित्सक झविन्द्र मरासिनीले बितरण गरेका थिए ।

हाल धनकुटामा २ सय ७ वटा पशु फर्म र ५ सय ४४ कृषक समुह रहेको जिल्ला पशु सेवा कार्यालय र कृषि बिकास कार्यालयले जानकारी दिएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।