ठूलो जमातमा आएको खागले चिलेर ४४ जना घाइते

दार्खा (धादिङ), २१ वैशाख । सिद्धलेख गाउँपालिका–१ नयाँ बस्तीमा खाग (अरिङ्गालभन्दा ठूलो मौरी जस्तो देखिने) ले चिलेर ४४ जना घाइते भएका छन् ।

घाइतेमध्ये २२ जनालाई उपचारका लागि जिल्ला अस्पतालमा ल्याइएको छ । ठूलो जमातमा आएको खागले घरमा बसिरहेका स्थानीयलाई चिलेको थियो ।

खागले चिलेपछि उनीहरुमा सुन्निने, रिङ्गाटा लाग्ने, टाउको दुख्ने समस्या देखिएको थियो । अनुहार, हात खुट्टा, ढाड, कानलगायत विभिन्न अङ्गमा चिलेर घाइते भएकाको उपचार भइरहेको चिकित्सकले बताएका छन् । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।