जबरजस्ती करणी मुद्दामा फरार युवा खसी चोरीमा पक्राऊ

विराटनगर, बैशाख २२ । जबरजस्ती करणी उद्योग मुद्धामा जेल सजाय तोकिए पनि फरार रहेका विराटनगरका एक युवा खसी चोरी काण्डमा पक्राउ परेका छन् ।

विराटनगर १ का ३० वर्षीय कलशराज गिरी बुढीगंगा गाउँपालिका ३ की कल्पना राजवंशी महिलाको खसी चोरी गरेको घटनामा पक्राउ परेका हुन् । खसी चोरी गरेर स्कुटरमा हालेर लैजाँदै गरेको अवस्थामा उनलाई प्रहरीले पक्राउ गरेको थियो । मोरङ प्रहरी प्रमुख एसपी सन्दीप भण्डारीका अनुसार चोरी मुद्धामा म्याद थप गरेर अनुसन्धान सुरु गरिएपछि उनी जवरजस्ती करणी उद्योग मुद्धामा जेल सजाय सुनाइएको थियो ।

अन्नपूर्ण पोष्ट समाचार अनुसार २०७३ मंसिर २८ गते विराटनगर १ की ३६ वर्षीय महिलालाई जवरजस्ती करणी गर्न खोजेको भन्दै प्रहरीले गिरीविरुद्ध जवरजस्ती करणी उद्योगको मुद्धा चलाएको थियो । तर उनी घटना लगत्तै फरार थिए । पक्राउ नपरे पनि अदालतले उनलाई तीन वर्ष कैदको फैसला सुनाएर प्रहरीलाई तत्काल पक्राउ गर्न आदेश दिएको थियो ।

‘खसी चोरी गरेको घटनामा फेला नपारिएको भए उनलाई पक्राउ गर्न प्रहरीलाई गाह्रो पर्ने थियो,’ एसपी भण्डारीले भन्नु भयो, ‘जवरजस्ती करणी उद्योग गरे यता भने उनी फरार थिए ।’ चोरी मुद्धामा जिल्ला अदालत मोरङले गिरीसंग १० हजार रुपैयाँ धरौटी माग गरेको छ । धरौटी माग गरिएको रकम बुझाए पनि उनलाई शुक्रबार जवरजस्ती करणी उद्योग मुद्धाको सजाय भुक्तानका लागि कारागार चलान गरिएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।