परराष्ट्रमन्त्री डा. महत सिंगापुरबाट सिधै नयाँदिल्लीमा, कसलाई भेट्दैछन् ?

काठमाडौं, २२ बैशाख । परराष्ट्रमन्त्री डा महत आज बिहान नयाँदिल्ली पुग्नुभएको छ ।

भारतीय राजधानी नयाँ दिल्लीस्थित नेपालका लागि विभिन्न मुलुकका गैरआवासीय राजदूतहरुको सम्मेलनको उद्घाटनका लागि उहाँ त्यहाँ पुग्नुभएको मन्त्री महतका जनसम्पर्क तथा प्रेस संयोजक एकराज पाठकले जानकारी दिनुभयो ।

सो सम्मेलन आज साँझबाट सुरु हुनेछ । मन्त्री डा महत र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच आज अपरान्ह नयाँदिल्लीमा द्विपक्षीय भेटवार्ता हुने कार्यक्रम रहेको छ ।

दुई दिने उक्त सम्मेलनको परराष्ट्रमन्त्री डा महत र भारतीय विदेशमन्त्री सुस्मा स्वराजले संयुक्त रुपमा उद्घाटन गर्नुहुने छ । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।