लमजुङमा प्रमुख पदमा दुईजना मात्र महिला

बेँसीसहर (लमजुङ), २२ वैशाख । स्थानीय तहको प्रमुख पदका लागि लमजुङमा दुई महिलाको मात्र उम्मेदवारी परेको छ ।

चार गाउँपालिका र चार नगरपालिका रहेको जिल्लामा एउटै गाउँपालिकाको अध्यक्षका लागि दुई महिलाको उम्मेदवारी परेको हो । दूधपोखरी गाउँपालिका अध्यक्षका लागि नेपाली काँग्रेसको तर्फबाट छुपीमाया गुरुङले उम्मेदवारी दिनुभएको छ । गुरुङ नेपाली काँग्रेसको महासमिति सदस्य हुनुहुन्छ ।

यस्तै सोही गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)को तर्फबाट सतीमाया तामाङको उम्मेदवारी परेको छ । तामाङ नेकपा (माओवादी केन्द्र)को केन्द्रीय सदस्य हुनुहुन्छ । उहाँ नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) गठबन्धनको साझा उम्मेदवार हुनुहुन्छ ।

दूधपोखरी गाउँपालिकामा काँग्रेसबाट उपप्रमुखमा रामहरि न्यौपाने हुनुहुन्छ भने नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) गठबन्धनबाट धनबहादुर गुरुङको उम्मेदवारी परेको छ ।

यसैबीच जिल्लामा विभिन्न पदमा उम्मेदवारी दिएका ५६ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीका अनुसार बेँसीसहर नगरपालिकाबाट उपप्रमुखसहित ११ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।