चुनावलाई मर्यादित बनाउन धनकुटामा सर्वदलिय निर्वाचन सन्चालन समिति गठन गरियो

धनकुटा खबर, बैशाख २२ । आसन्न जेठ ३१ गतेको स्थानिय तहको चुनावलाई मर्यादित बनाउन धनकुटामा १८ सदस्यीय सर्वदलिय निर्वाचन सन्चालन सहयोग समिति गठन गरिएको छ ।

धनकुटाबाट निर्वाचनमा भाग लिने १७ वटा राजनैतिकका प्रमुख सदस्य सहने गरी प्रमुख जिल्ला अधिकारी प्रेम प्रकास उप्रेतीको संयोजनकत्वमा उक्त समिति गठन गरिएको हो ।

जिल्ला अदालतका मुख्य न्यायधिस तथा प्रमुख निर्वाचन आयुक्त किशोर घिमिरेको अध्यक्षतामा आज बसेको सर्वदलिय बैठकले उक्त समिति गठन गरिएको हो ।

उक्त बैठकले आसन्न निर्वाचनमा सबै दलहरुले आचारसहिंता पालना गर्ने,आचार संहिंता उलंघन भएको भए त्यसलाई तत्काल सुधार गर्ने,दलहरुले चुनावी कार्यक्रम गर्नुपूर्व जिल्ला प्रशासनमा जानकारी गराउने लगाएतका बिभिन्न ६ वटा निर्णय गरिएको छ ।

उक्त समितिले निर्वाचन सम्बिन्धि आईपर्ने समस्याहरुको समधान गर्न सहयोग मिल्ने निर्वाचन आयुक्त घिमिरेले जानकारी दिनुभयो ।

९५ हजार ३ सय ६७ मतदाता भएको धनकुटामा १ सय १७ मतदान केन्द्र रहेको निर्वाचन कार्यालय धनकुटाका निर्वाचन कार्यालय धनकुटाले जानकारी दिएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।