‘कार्लमाक्र्सको सिद्धान्तलाई आत्मसात् गरी अगाडि बढौं’: सञ्चारमन्त्री

काठमाडौँ, २२ वैशाख । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले कार्लमाक्र्सको सिद्धान्तलाई आत्मसात् गरी अगाडि बढेमा कोही पनि असफल नहुने बताउनुभएको छ ।

कार्लमाक्र्स द्विशतवार्षिकीको मूल समारोह समितिद्वारा यहाँ आज कार्लमाक्र्सको १९९औँ जयन्तीका सन्दर्भमा आयोजित युवाको दृष्टिमा कार्लमाक्र्स विचार गोष्ठीलाई सम्बोधन गर्दै उहाँले व्यक्तिगत स्वार्थबाट माथि उठी सामाजिक हितका निमित्त सबैले काम गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

त्यस्तै आयोजक समितिका अध्यक्ष एवम् नेकपा(एमाले)का उपमहासचिव घनश्याम भुसालले माक्र्सवादको सिद्धान्त अत्यन्त राम्रो भएको विचार व्यक्त गर्दै युवापुस्ताले कार्लमाक्र्सलाई बिर्संदै गएको आभास भएकाले उहाँको ज्ञानको प्रचारप्रसार गर्न कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।

अध्यक्ष भुसालले कार्लमाक्स ज्ञानको खानी भएको भन्दै समाजलाई माथि उठाउन उहाँको ठूलो योगदान रहेको टिप्पणी गर्नुभयो । नेकपा एमालेकी वैकल्पिक केन्द्रीय सदस्य रचना खड्काले युवाले आआफ्नो भूमिका निर्वाह गर्न जान्नुपर्ने भन्दै कार्लमाक्र्सको सिन्द्धान्त प्रेरणादायी भएको बताउनुभयो ।

कार्यक्रममा गौतम राई ,अनिलकिशोर घिमिरे, रञ्जीत तामाङ, रामबाहदुर बुढा, उषाकिरण तिमिल्सिना, मदन अर्याललगायतले कार्लमाक्र्सको जीवनी तथा योगदानका बारेमा चर्चा गर्नुभएको थियो । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖