उपेन्द्र यादवलाई कारवाही, गठबन्धनको संयोजकबाट हटाइए

काठमाण्डौ, संघीय गठबन्धनले मधेसको एजेण्डा विर्सेर निर्वाचन भाग लिएको भन्दै संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई कारवाही गरेको छ ।

कारवाहीस्वरुप उनलाई गठबन्धनको संयोजकबाट हटाइएको छ । उनको ठाउँमा राष्ट्रिय जनता पार्टी नेपालअध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलाई सर्वसम्मत चयन गरिएको छ ।

शनिबार विजुलीबजारमा बसेको गठबन्धनको बैठकले निर्वाचन सहभागी भएर तत्कालिन संयोजक उपेन्द्र यादवले गठबन्धनको निर्णय, मुल्य, मान्यता र सिद्धान्तविपरित मधेसी जनजाति, थारु, दलितको मुद्दा विसर्जन गरेको, आत्मसमर्पणको कित्तामा गई संविधान संशोधन विना जनतालाई धोका दिएकाले उनलाई पदबाट हटाउने निर्णय गरेको हो ।

निर्णयपछि गठबन्धनका नयाँ संयोजक महन्थ ठाकुरद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ– ‘हाम्रा मुद्दाहरुलाई अझ उचाईका साथ निष्कर्षमा पुर्याउन एवं संघर्षका कार्यक्रमहरु अगाडि बढाउनको निम्ति आजकै मितिबाट संघीय गठबन्धनको संयोजकमा महन्थ ठाकुरलाई सर्वसम्मतले चयन गरिएको छ ।’

महन्थ ठाकुर संयोजक चुनिएपछिको गठबन्धनले आफ्ना मुद्दाहरु एवं सरकारसँग भएको सहमति बमोजिम अविलम्ब संविधान संशोधन गरी सरकारले निर्वाचनको वातावरण बनाउन नसके आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनी समेत दिएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।