प्रचण्ड र बाबुरामका कार्यकर्ताबीच गोरखामा मारामार, ४ जना घाइते

गोरखा, बैशाख २३ । चुनाव प्रचारका क्रममा नेकपा माओवादी केन्द्र र नयाँ शक्ति नेपालका कार्यकर्ताबीच गोरखामा झडप भएको छ। झडपमा नयाँ शक्तिका चार जना कार्यकर्ता घाइते भएका छन्।

गोरखाको लक्ष्मी बजारमा शनिबार साँझ ६ बजेतिर भएको झडपमा परी नयाँ शक्ति नेपालका कार्यकर्ताहरु सुवास कुमाल, भीमबहादुर कुमाल, दिपक कुमाल र तिलक कुमाल घाइते भएकाे प्रहरीले जनाएकाे छ। चुनावको प्रचारमा हिडेको नयाँ शक्तिको टोलीलाई रोकेर पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादी केन्द्रको प्रचार टोलीले आक्रमण गरेको थियो।

माओवादी केन्द्रका कार्यकर्ताको आक्रमणपछि लक्ष्मीबजारको अवस्था केहीबेर तनावपूर्ण बनेको थियो। आक्रमणबाट बा ३७ प २६०४ नम्बरको मोटरसाइकल, ग २ च ३३६४ नम्बरको बोलेरो जीपमा तथा प्रचारमा प्रयोग गरिएको माइकमा क्षति पुगेको प्रहरीले जनाएको छ। घटनापछि अहिले प्रहरी उपरीक्षक जनकराज पाण्डेको नेतृत्वमा प्रहरीको टोली घटनास्थल पुगेको छ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।