धनकुटाको मूर्तिढुङ्गामा निःशुल्क पशु स्वास्थ्य शिविर सञ्चालन, बैशाख २७ गते लेगुवा सालघारीमा हुने

धनकुटा खबर, बैशाख २३ । धनकुटाको महालक्षमी नगरपालिका वडा नं ९ मूर्तिढुङ्गामा आज निःशुल्क पशु स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।

जिल्ला पशूसेवा कार्यलय धनकुटाको आयोजनामा सञ्चालित शिविरमा १७ सय ५२ पशुको उपचार गरिएको कार्यलयका प्रमुख डा झविन्द्र मरासिनीले जानकारी दिनुभयो ।

मरासिनीका अनुसार ३ सय ४ वटा गाई गोरु,४ सय ९६ वटा वाख्रा,५३ वटा वंगुर,८३ वटा भैसी र ८ सय ६ वटा कुखुरा गरी जम्मा उल्लेखीत संख्यका पशुहरुको उपचार गरिएको हो ।

यति संख्यका पशुहरुको उपचार गर्दा त्यहाँका एक सय चौध घरधुरी पशुपालक किसान लाभान्वित भएको पनि उहाँले वताउनु भयो ।

यस्तै शिविर वैशाख २७ गते सोही नगरपालिकाको वडा नं ७ लेगुवा सालघारीमा हुनेछ ।

साथै कार्यलयले आज त्यहाँका भूकम्प प्रभवित किसानहरु समक्ष राहत वितरणको सम्वन्धमा समेत सम्झौता गरेको छ ।

भूकम्प पीडितलाई राहत दिने कार्य अन्र्तगत वोका वितरण,गाई भैसी को गोठ सुधार लगायतका कार्यक्रमहरु रहेका छन् ।

उल्लेखीत कार्यक्रम अन्र्तगत राज्यले तोकेको मापद्धण्ड किसानले पुरा गरेपछि जेष्ठ १० गते देखी कार्यलयले राहत वितरण गर्ने सम्झौता भएको कार्यलयले जनाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।