एमालेको भातृ संगठन ‘किरात आठपहरीया’ धनकुटाद्वारा चुनाव लक्षित बृहत भेलाको आयोजना

धनकुटा खबर, बैशाख २५ । नेकपा एमालेको भातृ संगठन नेपाल लोकतान्त्रीक किरात आठपहरीया संघ धनकुटाले बृहत् आठपहरीया भेलाको आयोजना गरेको छ ।

आसन्न स्थानिय तहको चुनावमा एमालेमा आवद्ध आठपहरीया जातिहरुलाई एकत्रित गरेर चुनावी तालमेल गर्न उक्त भेलाको आयोजना गरिएको हो ।

उक्त भेलालालाई आठपहरीया समाजको कन्दिय सदस्य कमल आठपहरीया,महासचिव सूर्य आठपहरीया,जिल्ला सदस्य सन्देश आठपहरीया,नगर अध्यक्ष सचेता छारा लगाएतले मन्तब्य राख्नु भएको थियो ।

संघका अध्यक्ष अमृत आठपहरीयाको अध्यक्षतामा सम्पन्न भएको उक्त भेलामा नेकपा एमाले धनकुटाका जिल्ला उपाध्यक्ष दुर्गा लिंखा,बरिष्ठ नेता धर्मराज पौडेल, नगर र्यन्चार्ज नरेन्द्र पोखरेल,अध्यक्ष अर्जुन छारा लगाएतले नेकपा एमालेलाई चुनावमा बिजयी गराउन आठपहरीया समुदायलाई आग्ह गर्नुभएको थियो ।

धनकुटा नगर क्षेत्रमा मात्र पाईने आठपहरीया जातिहरुलाई राज्यले पछिल्लो समयमा स्थानिय तहको चुनावमा अनिवार्य आरक्षणको ब्यबसथा हुनुपर्ने नीति लागु गरेपछि यो समुदायमा चुनावी सरागर्मी बढेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।