घरदैलो अभियानमा काँग्रेस र एमाले सँगसँगै, थपियो चुनावी रौनक

भक्तपुर, २५ वैशाख । भोट हाल्न पाँच दिनमात्र बाँकी हुँदा मध्यपुर थिमि नगरपालिकामा काँग्रेस र एमालेको ¥याली अघिपछि गर्दै घरघरमा आएपछि मध्यपुर थिमिका बासिन्दामा चुनावी रौनक थपिएको छ ।

आज एमालेका युवा नेता एवम् मध्यपुरथिमि नगरपालिकाका प्रमुखका उम्मेदवार मदनसुन्दर श्रेष्ठ बाजागाजाका साथ घरदैलो अभियानमा जाँदा यहाँका मतदाता भने उत्साहित भएका थिए ।

अगाडि नायखीं बाजा, त्यसपछि धां बाजा र बीचमा बाँसुरी बाजाका बजाउँदै समर्थकहरुको ¥यालीका साथ मध्यपुर थिमिको बालकुमारी, चपाचो, दुईपोखरी, बाहाखा बजार, नगदेश, बोडे, नगरपालिका रोड हुँदै नगरपालिकाको टोलटोलमा पुगेको उम्मेदवारको टोलीलाई मतदाताले बीचबीचमा स्वागत गरेका थिए ।

मध्यपुरका बासिन्दा उत्साहित हुँदै १८ वर्ष पनि स्थानीय नेतालाई मतदान गर्न पाएकामा खुसी व्यक्त गर्दै उम्मेदवारलाई अबिर, माला र खादा लगाएर स्वागत गर्दै सगुन दिएर शुभकामना व्यक्त गरेका थिए ।

थिमिका नवीनचन्द्र श्रेष्ठले १८ वर्षपछि यसरी घरदैलोमा स्थानीय नेताहरु भोट माग्न आउँदा उत्साहित बनाएको बताउँदै यसवर्ष युवा उम्मेदवारलाई मतदान गर्ने बताउनुभयो ।

एमालेका प्रमुखका उम्मेदवार श्रेष्ठ र नेमकिपाका तर्फबाट उपप्रमुखमा उम्मेदवारी दिएका केदार खड्काले संयुक्त प्यानल बनाएकाले चुनावी माहोलमा उत्तिकै रौनक थपिएको थियो । टोलटोलमा महिला, ज्येष्ठ नागरिक र स्थानीयवासीले भव्य स्वागत गर्दा महोत्सवमय भएको थियो ।

त्यसैगरी नेपाली काँग्रेसका प्रमुखका उम्मेदवार अष्टकुमार कवेँ र उपमेयरका उम्मेदवार अञ्जना मढीकर्मीले पनि मध्यपुर थिमिमा घरदैलो गर्दा ७० वर्षका वृद्धवृद्धादेखि युवायुवतीले समेत भव्य स्वागत गरेका थिए । नेपाली काँग्रेसले आज नगदेश, बोडे, मगर गाउँ, धुन्चेपाखा, बोडेलगायतका क्षेत्रमा घरदैलो अभियान गरेर भोट मागेका थिए ।

मध्यपुरथिमिमा कहिले काँग्रेस अगाडि त कहिले एमाले अगाडि हुँदै एउटै क्षेत्रमा एकैदिन घरदैलो गरेपछि मध्यपुरका बासिन्दामा थप रौनक छाएको थियो ।

बोडेका रामचन्द्र प्रजापतिले गाउँकै मानिस फरकफरक पार्टीबाट भोट माग्न घरघरमा आउँदा रमाइलो लागेको बताउँदै यसले चुनावी उत्साह थपेको बताउनुभयो । जुन पार्टीका नेताले जिते पनि मध्यपुरको विकास हुन्छ भन्ने विश्वास लिएको उहाँले बताउनुभयो ।

आज नै मध्यपुरथिमिमा नयाँ शक्तिबाट प्रमुखमा उम्मेदवारी दिएका ज्ञानराम प्रजापतिले पनि घरदैलो अभियान सञ्चालन गर्दै मत माग्नुभएको थियो । माओवादी केन्द्रका प्रमुखका उम्मेदवार प्रतिमा श्रेष्ठ र उपप्रमुख सुचित्रा श्रेष्ठले पनि घरदैलो अभियान सञ्चालन गरेर भोट माग्नुभएको छ । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।