एमालेले काँग्रेसका स्वर्गीय नेताको सालिक बनाउने
पोखरा । नेकपा(एमाले)का केन्द्रीय सल्लाहकार परिषद्का उपाध्यक्ष खगराज अधिकारीले देशलाई समृद्ध बनाउने उद्देश्यका साथ आफ्नो दल चुनावमा होमिएको बताउनुभएको छ ।
सोमबार आयोजित चुनावी कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । एमालेका तर्फबाट वडा नं २७ को अध्यक्षका उम्मेदवार कुमार गुरुङले नेपाली काँग्रेसका नेता स्व रामजी पौडेलको सालिक उहाँको जन्मगाउँ अर्घौंँ अर्चलेमा निर्माण गरेर पौडेल परिवारलाई सम्मान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सो अवसरमा तीन सय ५० भन्दा बढी व्यक्ति एमालेमा प्रवेश गर्नुभएको थियो ।


