पम्पसेट बिग्रिएपछि डाडाबजारवासीलाई खानेपानीको समस्या

धनकुटा खबर, २९ वैशाख । धनकुटाको सागुरीगढि गाउँपालिका वडा न.५ डाडाबजारमा खानेपानीको समस्या भएको छ ।

स्थानिय ठोट्ने खोलावाट पम्पिङ्ग सिस्टमवाट खानेपानी ल्याएर स्थानियवासीले उपभोग गर्दै आएका भएपनि पम्पसेट विग्रिएपछि खानेपानीको हाहाकार भएको हो ।

पम्पसेट विग्रिएको तिन हप्ताभन्दा वढि भईसकेको छ । खानेपानी उपभोक्ता समितिले पम्पसेट खरिद गरि जडान गरेपनि चट्याङ्गले क्षति पुराएपछि थप समस्या भएको उपभोक्ता समितिका अध्यक्ष कुमारजंङ्ग याख्याले वताउनुभयो ।

उपभोक्ता समितिले तिन पटक सम्म पम्पसेट खरिद गरि जडान गरेपनि चट्याङ्गले क्षति पुराएपछि अहिले आर्थिक अभावका कारण पम्पसेट खरिद गर्न समस्या भएको अध्यक्ष याख्याको भनाई छ ।

अहिले स्थानियवासीहरुले खानेपानीको समस्या समाधानका लागी पम्पसेट खरिद गर्न आर्थिक श्रोतको खोजी समेत गरिरहेको स्थानिय धुव्र घिमिरेले वताउनुभयो ।

पम्पसेट विग्रिएर पानी आपुर्ति नहुदाँ डाडाबजारमा रहेका १ सय २५ घरधुरीलाई खानेपानीको व्यवस्था गर्न समस्या भएको छ । खानेपानीको जोहो गर्न लागी एक घण्टा भन्दा टाढा रहेको मुहानमा पानी लिन जानुपर्ने वाध्यता रहेको स्थानिय दिपा घिमिरेले वताउनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।