‘४० बर्ष कटेकालाई लाग्ने रोग ५ बर्षका बालबालिकामा देखियो, बिषादी प्रयोग कम गरौं’
बढ्दो बिषादी न्यूनिकरणलाई तिव्रता दिंदै कृषि कार्यालय धनकुटा
धनकुटा खबर, बैशाख २९ । बढ्दो बिषादी प्रयोगलाई न्यूनिकरण गर्न जिल्ला कृषि बिकास कार्यालयले बिषादी न्युनिकरण अभियानलाई तिब्रता दिएको छ ।

यस अघि बिसादी न्यूनिकरणका लागि दजनौ सचेतना कार्यक्रम गरेको कार्यालयले बिसादी प्रयोगको न्यूनिकरण गर्न शुक्रबार पुनः सचेतना अभिबृद्धि गोष्ठी सम्पन्न गरेको छ ।
धनकुटामा बिषादी प्रयोग बढेपछि बिषादी न्यूनिकरण गर्न बिषदी ब्यपारी, कृषक, शिक्षक ,बिद्यार्थी, राजनैतिक दल र पत्रकारहरुलाई बोलाएर कार्यालयले बिषादी प्रयोगको बारेमा जानकारी दिएको छ ।
धनकुटामा प्रति हेक्टर ३ सय ९६ ग्राम गुगेकाले यसलाई न्यूनिकरण नगरे निकट भबिष्यमा जैविक बिबिधता र वातावरण बिषाक्त भई मानविय स्वास्थ्यमा गम्भिर संकट आउने कार्यालयले चेतावनी दिएको छ ।
कार्यक्रममा कार्यालयका प्रमुख तथा बरिष्ठ कृषि अधिकृत भरत प्रसाद बिडारीले हाल नेपालमा बढ्दो बिषादी प्रयोगका कारण ४० बर्ष कटेर लाग्ने रोग ५ बर्षका बालबालिकामा देखिएकाले धनकुटामा पनि उक्त खतरा देखिएको जानकारीदिनुभयो ।
गएको ५ बर्षमा झोल बिषादी मात्र ६ हजार लिटरबाट चालु आर्थिक बर्ष सम्ममा १४ हजार २ सय ८८ लिटर पगेको भन्दै यसको न्यूनिकरण नगरे क्यान्सर र स्वासप्रस्वास सम्बन्धि गम्भिर रोगहरुको देखापर्ने कार्यालयका बरिष्ठ बाली अधिकृत छवि घिमिरेले जानकारी दिनुभयो ।


