मतपरिणामको चरणमै ‘गाई’ हरायो / खोलाले बगायो भन्नेलाई रेखा थापाको कडा जवाफ !
नायिका एवं राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ रेखा थापाले स्थानीय तहको पहिलो चरणको निर्वाचनको प्रारम्भिक मतपरिणाम हेर्दै राप्रपाको चुनाव ‘गाई’ हरायो / खोलाले बगायो भन्नेलाई कडा जवाफ दिएकी छन् । प्रारम्भिक मत परिणामलाई लिएर गरिएका टिप्पणी दिनेलाई रेखाले यस्तो जवाफ दिएकी छन्:
मलाई लागेको कुरा ..चुनावी प्रकरण (FB आतंक)
सामाजिक सञ्चाजलमा जुन प्रकारले चुनावी परिणाम आएको छ । यसमा कसैले आत्तिनुपर्ने र कसैले मात्तिनु पर्ने स्थिति छ जस्तो वेल्कुल लागेको छैन् ।
पछिल्लो राजनीतिक अवस्थालाई प्रारम्भिक चरणको रुपमा लिन जरुरी छ । हरेक अवस्था भनौ वा व्यक्ति अभ्यासको सल्याक्रियामा छानिदैछन् ।
अब रह्यो चुनावको परिणाम । चुनावको परिणाम देखेर नाच्नेहरु र रुनेहरुले राजनीति नबुझेकै होकि भन्ने लागेको छ। सायद म कम जान्ने भएर पनि होला ।
एउटा विश्लेषणको आधारलाई गहन भएर भन्ने हो भने हार्दा नेपाली हार्ने र जित्दा नेपाली जित्ने भावनाको विकास हुने दिनको पखाईमा म जस्ता व्यक्तिहरु छन् भन्ने कुरामा दुईमत खासै नरहला ।
बिम्बात्मक व्यङ्यत्मक कोर्णबाट सामाजिक सञ्जाललाई कुरुप बनाउँने जो सुकैको कार्यप्रति मेरो सहमति छैन् । सद्भाव रहने गरी खुसि हुने र लोकतन्त्रको अभ्यासका रुपमा आफूलाई परिस्कृत गर्ने समय हो ।
त्यसैले सामाजिक सञ्जालको दुरपयोग भन्दा पनि सदुपयोग गर्नुपर्ने आजको खाँचो हो जस्तो लाग्छ । मैले एकपल भनेकी थिए, प्रतिष्पर्धामा जित्ने र सिक्ने काम हुन्छ । हार्ने काम हुँदैन । आफ्ना ति हुन् जस्ले आकासमा उड्न दिदैनन् आजलाई यति ।



