माता सबिता सरु शर्माद्वारा मलेशियाबाटै आयो यस्तो सन्देश !

पछिल्ला केहि दिन देखी मलेशियामा रहदै आउनुभएकी धनकुटाकी माता सबिता सरु शर्मा हाल आफै अस्वस्थ भएको अबस्थामै मलेशियाबाटै यस्तो १० सन्देश दिनुभएको छ;

१) सबै गलत कार्यहरु मनबाटै शुरु हुन्छ । यदि निस्चल मन लिएर मन परिबर्तन भयो भने गलत कार्यहरु आफै हटेर जान्छ ।

२) तिमी सङ्ग जुन बस्तु छ उसको धेरै प्रशंसा नगर र अर्काको बस्तुको पनि ईर्ष्या नगर । जसले अर्काको बस्तुको ईर्ष्या गर्छ, उसको मनमा कहिलेइ शान्ती हुदैन ।

३) स्वास्थ मानिसको सबैभन्दा ठूलो उपहार हो । संतोष सबैभन्दा ठूलो धन हो । बिश्वास सबैभन्दा ठूलो सम्बन्ध हो ।

४) आफ्नो सफलताको लागि आफैले काम गर । दोश्रो ब्यक्तिमा कहिलेइ भर नपर

५) सधै सकारात्मक सोच लिएर अगाडि बढ ।

६) बितेका कुरालाइ ध्यान नदेउ । भबिस्यको सपना नदेख । बर्तमानको समयलाइ ध्यान केन्द्रीत गर

७) सूर्य, चन्द्र र सत्य यी तीन चिजलाइ कहिल्यै पनि लामो समय सम्म लुकाउन सकिँदैन ।

८) तिमी चाहे जुनसुकै पबित्र शब्दहरु पढ वा बोल, जबसम्म ती शब्दहरुलाइ व्यबहारमा उतार्दैनौ, तिमिलाइ कुनै फाइदा छैन ।

९) घृणाले घृणालाई कहिल्यै नाश गर्दैन । घृणालाई प्रेमद्वारा मात्र समाप्त पार्न सकिन्छ । यो एक प्राकृतिक सत्य हो ।

१०) तिमी शान्ती बाहिर नखोज । शान्ती त तिमी भित्रै बास बसेको छ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।