हावाहुरी संगै आएको असिनाले दुईकरोड बढीको तरकारी बाली क्षति

धनकुटा खबर, जेठ ४ । मुसलधारे पानीसंगै परेको असिनाले धनकुटाको डाँडाजार र तुंखाका किसानले लगाएको दुई करोड भन्दा बढी तरकारी नष्ट गरेको छ ।

हावाहुरी संगै आएको आसिनाले डाँडाबजारका किसानले लगाएको आलु, काउली नष्ट गरेको स्थानीय पलक बस्नेतले बताउनुभयो ।

असिनाले डाँडाबजारका करीब ३० घर किसानले लगाएको करीव ४० लाख बराबरको तरकारी नष्ट बस्नेतले जानकारी दिनुभयो ।

असिनकको कारण तरकारी नष्ट भएपछि किसानहरुको जीवन चलाउने आम्दानीको मुख्य स्रोत नै सकिएको बस्नेतको भनाईछ ।

त्यसैगरी डाँडाबजारको तुंखा गाउँमा पनि असिनाले क्षति पुगेको छ । करीब १३० घरले लगाएको तरकारी बालीमा क्षती पुगेको छ । असिनाले गोलभेडा, अकबरे खोर्सानी र काउलीका विरुवा नष्ट गरेको स्थानीय किसान विष्णु लिम्बुले बताउनुभयो ।

लिम्बुले रोपेको गोलभेडा र अकबरे खोर्सानी नष्ट हुँदा ३ लाख घाटा लागेको जानकारी दिनुभयो ।

यसका साथै असिनाले लाप्चेटार, ओख्रे, नाम्जे लगायतको गाउँका किसानले रोपको तरकारी समेत असिनाले क्षति पु¥याएको जिल्ला कृषि विकास कार्यालयले जानकारी दिएको छ । असिनाबाट पुगेको क्षतिको विषयमा किसानहरुले राहतको माग गरेका छन् । किसानहरुको माग आएपछि क्षतिको विवरण संकलन गर्न जिल्ला कृषि विकास कार्यालयले भेडेटार सेवा केन्द्रबाट कृषि प्राविधिक टोली पठाएको छ ।

उक्त टोलीले क्षतिको एकिन तथ्याङ्क संकलन गर्ने जिल्ला कृषि विकास कार्यालयका संरक्षण अधिकृत सुर्य सापकोटाले बताउनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।