‘प्रचण्ड’ले आफ्नो कार्यकालको अन्त्यमा फाष्ट ट्रयाकको उद्घाटन गर्ने
काठमाडौं, ६ जेठ । प्रधानमन्त्री प्रचण्डले बहुचर्चित र प्रतिक्षित तराई मधेसलाई काठमाडौं जोड्ने फाष्ट ट्र्याकको उद्घाटन गर्ने निश्चित भएको छ ।
सरकारको नेतृत्व लिएको बेला नै फाष्ट ट्रयाकलाई नेपाली लगानीमा अगाडि बढाउने प्रतिबद्धता जनाएका प्रचण्डले आफ्नो कार्यकालको अन्त्यमा उद्घाटन गर्ने भएका हुन ।
फाष्ट ट्रयाकमा भारतीय लगानी भित्र्याइयो भन्दै व्यापक आलोचना गरिएपनि प्रधानमन्त्री प्रचण्डले फाष्ट ट्रयाकलाई नेपाली लगानी अन्तर्गत नै निर्माण गर्ने गरी अघि बढाउन सफल भएका हुन ।
काठमाडौं–तराईरमधेस निजगढ द्रुतमार्ग नेपालको आर्थिक विकासका लागि निकै महत्वपूर्ण योजना मानिन्छ । यसका साथै यसले निजगढमा बन्ने अन्तर्राष्ट्रिय विमानस्थललाई समेत जोड्ने छ ।
प्रधानमन्त्रीले निजगढ बारामा आयोजित एक कार्यक्रममा फाष्ट ट्रयाक सडक आयोजनाको उद्घाटन गर्ने छन् ।


