‘प्रचण्ड’द्वारा प्रधानमन्त्री पदबाट आगामी साता राजीनामा दिने तयारी, बजेट के हुन्छ ? (हेर्नुहोस् भिडियो सहित)

काठमाठौं, जेठ ६ । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्री पदबाट आगामी साता राजीनामा दिने तयारी गरेका छन् ।

गत साउन १९ गते प्रधानमन्त्रीमा निर्वाचित भएका प्रधानमन्त्री दाहालले वर्तमान सत्ता गठबन्धन निर्माणकाबेला भएको ‘भद्र सहमति’अनुसार राजीनामा दिने तयारी गरेका हुन् ।

वर्तमान सरकार गठन गर्दा प्रमुख सत्तासाझेदार दल नेपाली कांग्रेससँग ९ महिना माओवादी केन्द्रको नेतृत्वमा सरकार रहने र त्यसपछि कांग्रेसको नेतृत्वमा सरकार गठन गर्ने सहमति भएको थियो ।

माओवादी केन्द्रसँग सत्ता हस्तान्तरणबारे कुरा मिलिसकेकाले सरकार गठनमा ढिलाइ नहुने नेपाली कांग्रेसका नेताहरुको विश्वास छ ।

प्रधानमन्त्री दाहालले आगामी साता राजनीनामा दिएपनि आगामी आर्थिक वर्षको बजेट भने वर्तमान सरकारले नै ल्याउने भएको छ ।

प्रधानमन्त्री दाहालले राजीनामा दिनेबित्तिकै वर्तमान सरकार कामचलाऊ हुनेछ । संवैधानिक व्यवस्थाअनुसार बजेट आगामी जेठ १५ गते ल्याउनैपर्ने बाध्यता छ ।

तर, प्रधानमन्त्रीले राजीनामा दिएपछि नयाँ सरकार गठनका लागि प्रक्रिया अघि बढाउँदा कम्तीमा दुई साता लाग्ने भएकाले कामचलाऊ बजेट यही सरकारले ल्याउन लागेको हो ।

निर्वाचन आचारसंहिता आकर्षित नहुने गरी बजेटमा केही नयाँपन आउनसक्ने सत्तारुढ दल माओवादी केन्द्रका नेताहरुको भनाइ छ । ईमेजखबरको यो भिडियो रिपोर्ट हेर्नुहोस्



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।