मोर्चाको माग अनुसार सबै मुद्दा फिर्ता, स्थानीय तह पनि थप हुने

काठमाडौं, तराई-मधेसका आन्दोलनका क्रममा भएका घटनामा लगाइएका सबै मुद्दाहरु मोर्चाको माग अनुसार नै फिर्ता गरिने गृह राज्यमन्त्री इन्द्र बानियाँले स्पष्ट पारेका छन् ।

सरकारले चाहेको खण्डामा मुद्दा फिर्ता लिन सक्ने भएकोले टिकापुर लगायत तराई-मधेसका आन्दोलन राजनीतिक घटनाको रुपमा लिएर सरकारले मुद्दा फिर्ता लिने बताएका हुन् । मन्त्री बानियाँले भने,‘सरकारले मुद्दा फिर्ता लिन्छ, यो सरकारको अधिकारको कुरा हो ।’

उनले हिजो माओवादी सशस्त्र युद्धको बेलामा त राज्यले धेरै मुद्दा फिर्ता लिएको बताउँदै मन्त्री बानपयाँले भने, ‘सरकारले मुलुकमा शान्ति, अमनचयन स्थापित गर्नका लागि आवश्यकताको सिद्धान्त अनुसार मुद्दा फिर्ता लिन सक्छ, जसले विरोध गरेपनि अब मुद्दा फिर्ताको प्रक्रिया अघि बढिसक्यो, कुनै हालतमा रोकिँदैन मोर्चाका माग अनुसार सबै मुद्दा फिर्ता हुन्छ।’

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री बानियाँले मधेसी मोर्चालाई दोस्रो चरणको निर्वाचनमा सहभागी गराउनका लागि सरकार स्थानीय तहको संख्या थप्नपनि तयार रहेको बताए । उनले भने,‘तराई–मधेसपनि नेपाल नै हो नि, संख्या थप्न के को आपत्ति ? हामी संख्या थप्न तयार छौं ।’

उनले हालै सम्पन्न स्थानीय तहको पहिलो चरणको निर्वाचनमा धाँधली भयो भनेर प्रमुख प्रतिपक्षी दलले लगाएको आरोप मिथ्या र चर्चा कमाउनको लागि मात्रै भएको टिप्पणी समेत गरे ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।