‘प्रचण्ड’को गृहजिल्ला चितवन बन्यो एमालेमय, नगर देखि वडा सम्म एमालेको झन्डा फरफरायो

चितवन, जेठ ६ –प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकाे गृहजिल्ला चितवनमा नेकपा एमालेले निरन्तर बिजयीको झन्डा गाड्दै गरेको छ । चितवनको कालिका नगरपालिकाको मेयरमा नेकपा एमालेका खुमनारायाण श्रेष्ठ (गोपी) विजयी भएका छन् । उनले ७ हजार ४ सय ९२ मत प्राप्त गरी विजयी बिजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका कमल आचार्यले ७ हजार १ सय ६४ मत प्राप्त गरेका थिए । उपप्रमुखमा एमालेकी कमला कमला भट्टरार्ई ७ हजार ५ सय ३५ मतका साथ विजयी विजय भएकी हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका निरुजा श्रेष्ठको ६७२० मत आएको छ । माओवादी केन्द्रको तर्फवाट प्रमुखको उम्मेदर रामध्वज डल्लाकोटीको २३७८ र उपप्रमुख सविता लामाको २५९३ मत आएको छ । त्यस्तै चितवनको कालिका नगरपालिकाको विजयी वडा अध्यक्षहरुमा वडा न १ लिलावहादुर गुरूङ (कांग्रेस), वडा नं २ सोमवहादुर गुरूङ (एमाले), वडा नं ३ टिकाराज रिजाल (एमाले) वडा नं ४ कृष्णकुमार श्रेष्ठ (कांग्रेस), वडा नं ५ जियना महतो (कांग्रेस)को तर्फवाट विजयी भएका छन् ।

वडा नं ६ मा विनोद रेग्मी (एमाले), वडा नं ७ डिल्लीप्रसाद दवाडी (एमाले) । वडा नं ८ ईमप्रसाद अधिकारी (एमाले) । वडा नं ९ हेमवहादुर क्षेत्री (कांग्रेस), वडा नं १० डिलबहादुर गुरूङ (कांग्रेस), वडा नं ११ कृष्णवहादुर प्रजा (एमाले) विजयी भएका छन् ।चितवनको राप्ती नगरपालिकामा नेकपा एमालेले प्रमुख र उपप्रमुख दुबै जितेको छ । आज सार्वजनिक मत परिणाम अनुसार दुबै पदमा एमाले भारी बहुमतसहित बिजयी भएका हुन् । प्रमुख पदकी उमेद्बार प्रभा बरालले ११ हजार ६ सय १३ मत ल्याई बिजयी भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका किरणभूषण ओलीले ७ हजार २ सय ९२ मत ल्याए । उपप्रमुखमा एमालेका इमानसिंह लामा ११ हजार ८ सय ८२ मत ल्याई बिजयी हुँदा निकटतम प्रतिष्पर्धी काँग्रेसकी अनिता मैनालीले ७ हजार ७४ मत प्राप्त गरिन् ।चितवनको इच्छा कामना गाउँपालिकाको वडा नम्बर १ को अध्यक्ष पदमा एमाले उमेद्बार बिजयी भएका हुन् । एमालेका उमेद्बार नन्दलाल गिरी ४ सय १९ मतसहित बिजयी भएका हुन् ।गाउँ पालिका अन्तर्गत अन्य वडाको मतगणना चलिरहेको छ । बाँकि केहि ठाउँको मतगणना जारि रहेको छ भने केहि ठाउँमा कांग्रेसले बिजयी हासिल गरेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।