नव निर्वािचत मेयरको भोज खाएर फर्किने क्रममा लडेर ज्यान गयो

जाजरकोट : जाजरकोट त्रिवेणी नलगाड नगरपालिका–४ मा चुनाव विजय भोज खाएर घर फर्कने क्रममा बाटोमै एक जनाको मृत्यु भएको छ ।

भिरालो बाटोमा हिड्ने क्रममा शुक्रबार राति लडेर मृत्यु भएको हो । तर शनिवार बिहानमा उहाँ लडेको स्थानीयले थाह पाएका थिए ।

त्रिवेणी नलगाड नगरपालिका नव निर्वािचत मेयर टेकबहादुर रावललले लहँको खालचौरमा शुक्रबार आयोजना गरेको विजय भोज खाएर घर फर्कने क्रममा त्रिवेणी नलगाड नगरपालिका–४ पिपलचौरका ३९ वर्षीय मानबहादुर वलीको लडेर मृत्यु भएको प्रहरी श्रोतले बताएको छ ।

शुक्रबार बेलुका लडेर वलीको मृत्यु भएको भएता पनि शनिबार विहान मात्र वलीका आफन्त र नेपाल प्रहरीलाई जानकारी भएको बताइएको छ ।
वलीको मृत्यु भएको घटना स्थलमा पुगेर प्रहरी मुचुल्का भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

मानबहादुर वली लहँमा रहेको भानुभक्त उच्च माध्यामिक विद्यालयका नेपाली विषयका शिक्षक हुनुहुन्छ । उहाँले ३१ वैशाखमा सम्पन्न स्थानीय तहको चुनावमा बारेकोट गाँउपालिकाको सक्लामा मतदान केन्द्रमा मतदान अधिकृतको जिम्मेवारी निर्वाह गर्नुभएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖