१७ हजार हराएको मत खोज्दै कांग्रेस, इस्टकोट र क्यामरा मुख्य कारण !
काठमाडौं उपत्यका मेयरका उमेद्धार राजुराज जोशी पछिल्लो मत परिणाम अनुसार झण्डै सात हजार मत अन्तरले पछाडि छन । एमालेका उमेद्धार विद्यासुन्दर शाक्यले २४०२२ मत ल्याँउदा राजुराज १७०५० मतका साथ उनलाई पछ्याइरहेका छन ।
राजुराज मन्त्री नविन्द्रराज जोशीका भाई हुन । खासमा काठमाडौंबाट मेयरका आंकाक्षी थिए तीर्थराम डंगोल । पञ्चायतकालमा मन्त्री र उपमेयर भइसकेका उनी रोजाईमा परेनन् बरु सो स्थानमा राजुराजको पोल्टामा टिकट पर्यो । टिकट त पाए तर उनी कांग्रेसकै पकेड क्षेत्र मानिएको क्षेत्रबाट समेत उनले मत पाउन सकेका छैनन । यद्यपि राजुराज आफूले हरेश खाइनसकेको बताँउछन ।

कस्ले काटिरहेको छ कांग्रेस (राजुराज जोशी)को मत ?
कांग्रेसलाई तिरीमिरी पार्ने गरी मैदानमा खडा भएकी पात्र हुन विवेकशील नेपाल पार्टीको रञ्जु दर्शना उनले झण्डै ९६८८ र साझा पार्टीका किशोर थापाले ७३१४ मत पाएका छन । यी दुई नयाँ पार्टीले पाएको मत जोड्ने हो भने झण्डै सत्र हजार मत पुग्छ ।
कांग्रेस पार्टी अहिले यसकै लेखाजोखामा छ । काठमाडौंमा हालसम्म ५ वटा वडाको मतगणना सकिएको छ भने १२ वटा वडाको मतगणना जारी छ। वडा नम्बर १ मा कांग्रेस उम्मेदवार जोशीले ४सय ५२ मत पाएका छन् भने एमाले शाक्यले ६ सय ४९ मत पाएका छन्। त्यस्तै नम्बर २५ को काँग्रेसले वडाध्यक्ष जित्यो । तर त्यही मेयरका लागि कांग्रेस उम्मेदवार जोशीको मत भन्दा डबल धेरै मत एमाले उम्मेदवार शाक्यले पाए। काँग्रेसको हिसाब किताब छ यहाँको मत मत विवेकशीलकी रञ्जु र साझाका थापाको खातामा गएको स्पष्ट छ ।
कांग्रेसीहरुले २९ र ३० लाई बलियो मानेका थिए । तर, अहिले मत गणना भइरहँदा स्थिति त्यस्तो नदेखिए पछि झस्किएका छन । काँग्रेस नेता प्रकाशामन सिंहको गाढा प्रभाव रहेको भनिएको यो स्थानमा रहेको वडा नम्बर २९ बाट समेत कांग्रेसले राम्रो मत पाउन सकेको छैन ।


