छब्बीस जना नेपाली तीर्थयात्री तीन वर्षदेखि भारतीय जेलमा

वीरगन्ज, २६ जना नेपाली तीर्थयात्री तीन वर्षदेखि भारतको हरियाणामा रहेको जेलमा रहेपनि उनीहरुको रिहाइका लागि नेपाल सरकारले पहल नगरेको पूर्ण ब्रम्ह कविर उपासक समाज नेपालले आरोप लगाएको छ। हरियाणामा सन्त रामपाल जी महाराजको धार्मिक प्रवचन सुन्न गएका २६ जना नेपाली तीर्थयात्रीहरु तीन वर्षदेखि त्यहाँको जेलमा रहँदा पनि उनीहरुलाई रिहा गराउन नेपाल सरकारले कुनै पहल नगरेको पूर्ण ब्रम्ह कविर उपासक समाज नेपालको आरोप लगाएको छ।

हरियाणामामा रहेको सन्त रामपाल जी महाराजको आश्रममा सन् २०१४ नोभेम्बर १४ तारिखमा भारतीय प्रहरीले छापा मार्ने क्रममा रामपालका समर्थक र प्रहरीबीच भएको हिंसात्मक झडपपछि प्रहरीले रामपालसहित उनका समर्थकलाई नियन्त्रणमा लिएर जेलमा राखेको थियो। रामपालले हरियाणामा सयौं बिघा सरकारी जग्गा गैरकानुनी रुपमा कब्जा गरेर आश्रम बनाएको, आश्रमभित्र शारिरिक शोषण, यातना जस्ता अपराधिक गतिविधि गरेको आरोप लगाउँदै भारतीय प्रहरीले रामपालको आश्रममा छापा मार्दा हिंसात्मक झडप भएको थियो। त्यसबेला झडपमा रामपालको प्रवचन सुन्न आश्रममा गएका ४० जना नेपाली तीर्थयात्रीलाई पनि भारतीय प्रहरीले पक्राउ गरेको थियो ।

४० जना नेपालीमध्ये २४ जना हरियाणा अदालतमा एक–एक लाख रुपैयाँ धरौटी तिरेर तारिखमा रिहा भइसकेका छन् भने हरियाणा जलेमा अहिले पनि २६ जना नेपालीहरुले कैदी जीवन बिताइरहेको पूर्ण ब्रम्ह कविर उपासक समाज नेपालले जनाएको छ । वीरगन्जमा आइतवार पत्रकार सम्मेलन गरी पूर्ण ब्रम्ह कविर उपासक समाज नेपालले हरियाणा जेलमा कैदी जीवन बिताइरहेका नेपालीहरुका विषयमा जानकारी गराएको छ। पूर्ण ब्रम्ह कविर उपासक समाज नेपालका अध्यक्ष केशवप्रसाद मैनालीले हरियाणाको जेलमा तीन वर्षदेखि कैदी जीवन बिताइरहेका निर्दोष नेपालीहरुलाई रिहा गराउन नेपाल सरकारले अहिलेसम्म कुनै पहल नगरेको गुनासो गर्नु भयो।

उहाँले भन्नुभयो,‘धरौटी रकम तिरेर तारिखमा रिहा भएका २४ जना नेपालीहरुलाई पनि १५/१५ दिनमा तारिख बुझाउन हरियाणा जानु पर्ने बाध्यता छ।’ हरियाणा जलेमा रहेका २६ जना निर्दोष नेपालीहरुको रिहाइका लागि पहल गरिदिन पटक–पटक नेपाल सरकारसंग आग्रह गर्दा पनि कुनै सुनुवाइ नभएको भन्दै अध्यक्ष मैनालीले सरकारलाई दबाब दिन सोमबार वीरगन्जमा बृहत प्रदर्शन गर्ने जानकारी दिनु भयो।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।