‘प्रचण्ड’ले आचारसंहिता उल्लंघन गर्दै पहिल्यै सिलन्यास भैसकेको फास्ट ट्रयाक जस लिन पुन: सिलन्यास गरेको आरोप !
निजगढ, जेठ ७ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको काठमाडौँ तराई मधेस द्रुतमार्ग प्रधानमन्त्री प्रचण्ड आचारसंहिता उल्लंघन गर्दै एमालेकै पालोमा सिलन्यास गरिसकेको फास्ट ट्रर्याक जस लिने होडमा पुन सिलन्यास गर्न बाराको निजगढ आउने भएका छन । यति वेला देशको केहि स्थानमा चुनावी भइसेको र केहि भागमा खास गरी बाराको निजगढमा चुनाव हुनै बाकी अवस्थामा प्रचण्डले चुनावी मुखमा भोट तान्ने हिसावले सो सिलन्यास गर्ने आउने स्थानियको आरोप छ ।

उनले आफू प्रधानमन्त्री भएकै बेला नै द्रुतमार्ग नेपाली लगानीमा अगाडि बढाउने र आफैले शिलान्यास गर्ने बताउँदै आएका थिए। प्रधानमन्त्री कार्यालयकाअनुसार प्रधानमन्त्रीले यही जेठ १४ गते सो आयोजनाको शिलान्यास गर्ने तयारी गरेका छन्।
काठमाडौं–तराई मधेस (निजगढ) द्रुतमार्ग नेपालको आर्थिक विकासका लागि निकै महत्वपूर्ण योजना मानिन्छ। यसका साथै द्रुतमार्गले निजगढमा बन्ने अन्तर्राष्ट्रिय विमानस्थललाई समेत जोड्ने छ।
सरकारको निर्देशनानुसार सेनाले आयोजनाको आवश्यक प्राविधिक एवम् अन्य तयारी गरेको र केही दिनभित्रै शिलान्यास गरिने बताईन्छ । प्रधानमन्त्रीले निजगढ बारामा आयोजित आफ्नो कार्यकर्ता भेटघाट कार्यक्रममा सो आयोजनाको आफै कार्यकालमा शिलान्यास गर्ने बताएका थिए।
फास्ट ट्रयाक विमानस्थल सम्बन्धी संघर्ष समिति २ वटा भए पनि पार्टीको कार्यकर्ता भएको समितीलाई मात्र राय सल्लाह लिने स्थानियको आरोप छ । करिव पाँच वर्ष अघी नै गठन भएको समीतिलाई पाखा लगाएर आफ्नो कार्यकर्ता भएको १ बर्ष अघि बनेको समितिलाई काखी च्यापेकोमा स्थानियको गम्भीर आपत्ती रहेको बताउछन स्थानियहरु ।


