कमल थापाको पार्टी राप्रपा हार्दा पूर्वराजा ज्ञानेन्द्र शाह किन खुशी भए ?

काठमाडौं, ८ जेठ । वैशाख ३१ गेत सम्पन्न ३४ जिल्लाको २८३ तहको स्थानीय तहको निर्वाचनको परिणाम राजसंस्था र हिन्दु राष्ट्रको वकालत गर्दै आइरहेका पार्टीहरुको पक्षमा परेन् । जनताले राजसंस्था र हिन्दु राष्ट्रको एजेण्डा उठाउने दलहरुलाई अस्वीकार गर्दै परिर्वतन पछ्याएका कांग्रेस, एमाले, माओवादी केन्द्र र भर्खरै खुलेका नयाँ दललाई भोट दिए ।

साँघु साप्ताहिकमा खबर छ–यी सबै परिणाम र दृष्य निर्मल निवासमा बसेर हेरिरहेका पूर्वराजा ज्ञानेन्द्र शाह यतिवेला कस्तो मनोदशामा होलान् ? निर्वाचनको परिणामबारे मुख नखोलेका शाह के सोचिरहेका होलान् ? धेरैको उनीबारे जिज्ञासा छ ।

पूर्वराजा निकट उच्च स्रोतका अनुसार शाहले पहिलो चरणको निर्वाचनको परिणामले कत्ति पनि निराश र विचलित भएका छैनन् । बरु, पछिललो परिणामले शाहलाई खुशी बनाएको छ । ‘शाहले पहिलो चरणमा भएको निर्वाचनको परिणामले निकै खुशी बनाएको छ’ स्रोतले भन्यो ‘राजसंस्था र हिन्दु राष्ट्रको एजेण्डा बेचेर सत्तामा पुग्दै आएका कमल थापाको पार्टी राप्रपा हार्दा शाह निकै खुशी देखिएका हुन् ।’ स्रोतका अनुसार राप्रपाको हारलाई राजसंस्था र हिन्दु राष्ट्रको हारको रुपमा नभई अवसरवादको हारको रुपमा शाहले विश्लेषण गरेका छन् । एजेण्डा मात्र उठाउने तर बेइमान गर्ने भएकाले जनताले तिरस्कार गरेका हुन् ।

शाह देवमा अझैं पनि ‘कम ब्याक’ हुने चाहना छ । त्यसैले उनी गुप्त रुपमा आफ्नो पक्षमा माहौल बनाउन लागि परेका छन् । राजसंस्था फर्काउनका लागि शक्ति राष्ट्रहरुलाई रिझाएर सत्तामा पुग्ने अभिलाषा बोका शाह आन्तरिक रुपमा माहोल बनाउन नयाँ पात्रहरु खडा गरिरहेका छन् । कमल थापा र पशुपति शम्शेर राणाले राजसंस्था र हिन्दु राष्ट्रको एजेण्डा साँचो अर्थमा नभएर अवसर लुट्न र फाइदाका लागि उठाएको निष्कर्षमा पुगेका शाह राप्रपाबाट बाहिरिएका प्रकाशचन्द्र लोहनी, केशरबहादुर बिष्टको राष्ट्रबादी समूहसँग बढी भर पर्न थालेका छन् । पछिल्लो समय यो समूहलाई शाहले नजिकबाट सघाइरहेका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।