नगरपालिकाको कर्मचारीले नै गरे लेटरप्याडमा किर्ते गरेर तस्करी !

पथरी/ मोरङ रंगेली नगरपालिकाको कर्मचारीले नगरपालीकाको लेटरप्याड दुरुपयोग गर्दै किर्ते काम गरेको खुल्न आएको छ । वडा नम्बर ६ का वडा सचिव जयप्रकाश मण्डलले कार्यालयको लेटरप्याडमा उपभोग्य सामाग्रीहरु नाम लिष्ट नै लेखेर तस्कारी गर्न अनुमती दिएको पत्र भेटिएप्छि खुलेको हो ।

नगरपालिकाका कार्यकारी अधिकृतले हस्ताक्षेर गर्ने लेटरप्याडमा रंगेली वडा नम्बर ६ का वडा सचिव मण्डलले हस्ताक्षेर गरेर किर्ते गरेको स्पस्ट देखिएको छ । यस विषयमा रंगेली नगरपालिकाका कार्यकारी अधिकृत लक्ष्मिप्रसाद रेग्मीले नगरपालिकाको लेटरप्याड किर्ते भएको स्विकार गरेका थिए ।

उनले भने, ‘म नभएको बेला लेटरप्याडको दुरुपयोग भएछ, त्यो दुपयोग गर्नेलाई कारवाही हुन्छ ।’ सो पत्रको प्रकृति हेर्दा तस्करी गर्न सघाएको र भन्सार छलिमा मण्डलको प्रत्यक्ष संलग्नता रहेको देखिन्छ ।

भारतबाट नेपाल सामान ल्याउदा भन्सार नलिन अनुरोध गर्दै पत्र लेखिएको छ .सरकारी नियाम अनुसार भन्सार नतिरी उपभोग्य सामाग्री ल्याउन नपाईने प्राबधान छ । तर रंगेली नगरपालिकाले खुलेआम तस्करी गर्न दिएको छ ।

वडा न ६ का विरबल मण्डलका छोरा सुन्दरलाल मण्डलको जेठ ६ गतेको विवाहको लागी उपभोग्य सामाग्री ल्याउन इलाका प्रहरी कार्यालय रंगेली, शसस्त्र प्रहरीबल रंगेली, भारतीय सिमा सुरक्षाबल एसएसवि र छोटी भन्सार कार्यालयलाई रंगेली नगरपालिकाले कार्यालयको लेटरप्याडमा पत्र लेखेर तस्करी गर्न दिनु अनुरोध गरेको छ ।

चलानी नम्मर ४४४ नम्मरको रहेको सो पत्रमा भन्सार नतिरी उपभोग्य सामाग्री नेपाल ल्याउन सम्बन्धित निकायलाई अनुरोध गरिएको छ । पत्रमा ७० पिस साडी, ५० किलो मैदा, ५० किलो प्याज, एकसय २० केजि चिनी, ६० किलो चनाको दाल, मुसुरीको दाल २० किलो, गम्छा ३० पिस, र्फचुन तेल ७ टिन, तोरी तेल ४ टिन, कागजको पिलेट २००० पिस, अन्य खुद्रा मसला ३्० प्याकेट ल्याउने बारेमा पत्रमा उल्लेख गरेको छ ।

तत्कालीन अवस्थामा रंगेली गाविसले २ वर्ष अगाडि देखि यस्तो सिफरीस गर्ने गरेको वडा सचिव जयप्रकाश मण्डलले बताए । उनले भने ‘निःशुल्क उपभोग्य सामाग्री आयात गर्न सिफारीस नदिए सर्वसाधारणहरु रिसाउने र्गछन् ।, रंगेलि नगरपालिकाका कार्यकारी अधिकृत लक्ष्मीप्रसाद रेग्मीले भने नगरपालिकाले पत्र लेखेको विषयमा आफु जानकार नभएको बताए । उनले भने, मलाई थाहा छैन कसले पत्र लेखेर दियो ।,



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।